Technology Khabar २६ भाद्र २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, २६ भदौ । ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर मोबाइल एक्स्पो २०७३ आयोजना गरिरहेको छ ।
ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले एक्स्पो शुरु भएको अवसर पारेर नेपालमा सूचना प्रविधि र मोबाइलको विकास गर्न कम्प्लेक्सले महाविर पुनको अभियानलाई सहयोग गर्ने बताए । उनले हरेक मोबाइलको खरिदमा रु १० महाविर पुनको अभियान अन्तर्गत स्थापना हुने राष्ट्रिय आविस्कार सेन्टरलाई दिने घोषणा पनि गरे । उनले भने, ‘हाम्रो सानो सहयोगले देशमा नयाँ आविस्कार गर्न सहयोग पुग्दछ भने हामी आगामी दिनमा पनि सहयोग गर्न तयार छौं ।’
महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई ललितपुर मोबाइल कम्प्लेक्सले १ वर्षसम्म प्रत्येक मोबाइलको बिक्रीबाट आएको रकम प्रदान गरिनेछ ।
मोबाइल एक्स्पोको अवसर पारेर न्यूनतम ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट विभिन्न मोबाइल ब्राण्ड तथा एसेसरिजमा ग्राहकले लिनसक्ने बताईएको छ । यहि भदौ २४ गतेदेखि असोज ३ गतेसम्म आयोजना हुने एक्स्पोमा विभिन्न कम्पनीहरुले आफ्ना नयाँ मोबाइलको मोबाइल, ग्याजेट्स, एसेसरिज सार्वजनिक गर्ने आयोजकले जानकारी दिएको छ ।
मोबाइल एक्स्पोमा आउने हरेक आगन्तुकले प्रवेश शुल्कको समयमा लक्की ड्र कुपन प्राप्त गर्ने र त्यसको आधारमा लक्की ड्रबाट दैनिक ३ जनालाई विभिन्न आकर्षक उपहारहरु दिईने बताईएको छ ।
मोबाइल कम्प्लेक्समा एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । मोबाइल कम्प्लेक्समा न्यूनतम रु.९ सयदेखि रु. १ लाखसम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछन् ।
मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, ओवीआई, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध गराईने आयोजकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २६ भाद्र २०७३, आईतवार