पशुपति पेन्ट्सको ‘महापर्वको रङोत्सव’ योजना

  • Technology Khabar | २५ भाद्र २०७३, शनिबार
पशुपति पेन्ट्सको ‘महापर्वको रङोत्सव’ योजना

काठमाडौं ।

काठमाडौं, २५ भदौ । पशुपति पेन्ट्सले उपभोक्ताहरुका लागि नयाँ उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड बडा दशै र तिहार लक्षित गर्दै ‘महापर्वको रङोत्सव’ उपहार योजना सार्वजनिक गरेको हो ।

महापर्वको रङेत्सव’ योजना अन्तर्गत पशुपति पेन्ट्सको खरिदमा उपभोक्तालाई एउटा उपहार कुपन उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । तर, उपहार कुपनका लागि चालिस हजार वा सो भन्दा बढी मूल्य बराबरको पेन्ट्सको खरिद गर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।

यसरी उपलब्ध गराइएको उपहार कुपनहरु मध्यबाट गोलाप्रथा मार्फत विजेताको छनोट गरिने र विजेताहरुले स्मार्ट टीभी, वासिङ मेसिन, रेफ्रिजिरेटर, स्मार्टफोन, चाँदी, सुन लगायत उपहारहरु जित्न सक्नेछन् । योजनाको बम्पर उपहारका रुपमा १ जना भाग्यशाली विजेतालाई कम्पनीका तर्फबाट रोयल एन्फिल्ड बाइक  प्रदान गरिने जनाएको छ ।

योजना भाद्र १५ देखि कर्तिक ३० गते सम्म लागु हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २५ भाद्र २०७३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...