हिमालयन बैंकलाई एडिबिको टिएफपी अवार्ड

  • Technology Khabar | २३ भाद्र २०७३, बिहीबार
हिमालयन बैंकलाई एडिबिको टिएफपी अवार्ड

काठमाडौं ।

काठमाडौं, २३ भदौ । एशियाली विकास बैंकले हिमालयन बैंक लिमिटेडलाई TFP Award 2016- Leading Partner Bank in Nepal प्रदान गरेको छ । सेप्टेम्बर ७ तारिखमा सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले उक्त अवार्ड ग्रहण गरे ।

एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ ।

प्रकाशित: २३ भाद्र २०७३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...