
काठमाडौं ।
काठमाडौं, २३ भदौ । रन शुज ईण्डष्ट्रिज प्रा.लि.ले दशै र तिहारको अवसर पारेर ग्राहकहरुको लागि ‘रनको रणपती, न लखपती न करोडपती आफुले बोक्न सके जती’ शिर्षकको उपहार योजना ल्याएको छ ।
यो उपहार योजना कम्पनीको उत्कृष्ट उत्पादन रन ब्राण्डमा राखिएको छ । यस उपहार योजना अन्तर्गत प्रत्येक जोर रन जुत्ता खरिद गर्दा खरिदकर्ताले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् र स्क्रयाच कुपनमा दुइवटा स्क्रयाच गर्ने भाग राखिएको छ । जसमा एउटा स्क्रयाच मार्फत रु १०० देखि अधिकतम २ लाखसम्म नगद वा ५% देखि १००% सम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
उक्त स्क्रयाच कुपनको अर्को भागको स्क्रयाच मार्फत भने ग्राहकले आफुले बोक्न सक्ने जती पैसा प्राप्त गर्न सक्नेछन् । यस उपहार योजनामा सहभागी सबै ग्राहकले अनिवार्य रुपमा हात खालि नजाने उपहार प्राप्त गर्ने कम्पनीले दाबी गरेको छ । यो उपहार योजना कार्तिक मसान्तसम्म लागु गरिएको छ ।
यसै गरी कम्पनीले बडादशै र तिहारको अवसर पारेर ९५ वटा मोडलका नयाँ डिजाइनका रन ब्राण्डका जुत्ता बजारमा ल्याएको छ । मुलतः यी मोडलका जुत्ताहरु दशैं, तिहार तथा जाडो याम लाई लक्षित गरि बनाइएको र नयाँ मोडलका जुत्ताहरुमा बुट, स्पोर्टस, क्याजुयल र पार्टी रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २३ भाद्र २०७३, बिहीबार