Technology Khabar २२ भाद्र २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, २२ भदौ । एलजीले आफ्नो नयाँ स्मार्टफोन भी २० (LG V20) सार्वजनिक गरेको छ । यो स्मार्टफोन कम्पनीले अघिल्लो वर्ष सार्वजनिक गरेको भी १० को सफल संस्करण हो ।
एलजीले यसअघि ल्याएको जी ५ स्मार्टफोन जून मोड्यूल फोन हो, त्यो भन्दा फरक फोन तर समान डिजाइनसहितको भी २० फोन ल्याएको हो । भी २० स्मार्टफोनमा लाइवेट एलुमिनियम बडि रहेको छ, जून निकै ससक्त छ । कम्पनीले भनेको छ । एलुमिनियम एएल ६०१३ एलोय, जून हवाईजहान निर्माण तथा जहाज बनाउन प्रयोग हुन्छ त्यहि फोनको बाहिरी भागमा प्रयोग गरिएको छ ।
एलजी भी २० स्मार्टफोन यसअघिको फोन भि १० जस्तै कडा र ससक्त स्मार्टफोन हो जसले मिलिटरी रेटिंगको एमआईएल एसटीडी-८१० प्राप्त गरेको छ । यो रग्ड स्मार्टफोनमध्ये एक हो ।
एलजी भी २० स्मार्टफोनमा ५.७ इन्चको क्वाड एचडी डिस्प्ले रहेको छ, जसको पिक्चर रिजोल्यूशन २५६०X१४४० पिक्सेल रहेको छ । यसमा स्न्यापड्रयागन ८२० चीपसहित ४ जीबीको र्याम तथा ६४ जीबीको स्टोरेज रहेको छ, जसलाई बढाउन सकिन्छ ।
यसमा १६ मेगापिक्सेलको ओआईएस क्यामरा राखिएको छ भने सेकेण्डरी क्यामरा ८ मेगापिक्सेलको छ । यो स्मार्टफोनले लाइभ म्यूजिक जस्तै साउण्ड दिन्छ । यसमा पावरका लागि ३,२०० एमएएचको ब्याट्री प्याक राखिएको छ भने क्विकचार्ज ३.० पनि रहेको छ ।
यो स्मार्टफोन एन्ड्रोयडको ७.० नुगटमा आधारित विश्वको पहिलो स्मार्टफोन हो । यसको अपरेटिंग सिस्टमले मल्टि विण्डो सपोर्ट गर्दछ ।
एलजी भी २० स्मार्टफोन टाइटान, सिल्भर, पिंक कलर अप्सनमा उपलब्ध हुनेछ । यो फोन सेप्टेम्बरको अन्त्यमा दक्षिण कोरियाली बजारमा किन्न सकिनेछ भने यसको मूल्य अझै सार्वजनिक गरिएको छैन् ।
प्रकाशित: २२ भाद्र २०७३, बुधबार