युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा विजय वहादुर श्रेष्ठ

Technology Khabar १७ भाद्र २०७३, शुक्रबार

काठमाडौं ।

काठमाडौं, १७ भदौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको संचालक समितिको अध्यक्षमा विजय वहादुर श्रेष्ठ चयन भएका छन् । कम्पनीको संचालक समितिको २६३ औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मतीले चयन गरेको हो ।

कम्पनीको सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्दै विजय वहादुर श्रेष्ठ २०५४ साल देखि निरन्तर रुपमा कम्पनीको संचालक समिति सदस्य रहेका छन् । उनले दिल्ली विश्वविद्यालयबाट वित्त तथा बजार शास्त्रमा स्नातकोतर गरेका छन् ।

कम्पनीले केन्द्रीय कार्यालय तथा २० वटा शाखा कार्यालयहरुबाट निरन्तर ग्राहकहरुलाई बीमा सेवा प्रदान गरि रहेको छ र आगामी दिनमा समेत बीमा सेवालाई अझ परिस्कृत गरि प्रविधिमा आधारित सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित: १७ भाद्र २०७३, शुक्रबार

तपाइको प्रतिक्रिया