
काठमाडौं ।
काठमाडौं, १५ भदौ । नाडा अटो शो २०१६ मा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले आफ्ना कमर्शियल श्रेणीका गाडीहरुको प्रदर्शन गरिरहेको छ । नाडा अटो शो मा महिन्द्राले दुई नयाँ गाडीहरु सुप्रो भ्यान र सुप्रो म्याक्सिट्रक सार्वजनिक गरेको छ ।
सुप्रो भ्यान आकर्षक स्टाइल र प्रसस्त स्पेश भएको आठ सीटयुक्त प्यासेञ्जर गाडी हो । सुप्रो म्याक्सिट्रक एक अत्याधुनिक सामान ढुवानी गर्ने साधन हो जस्ले १ टल बराबरको भार वहन गर्न सक्छ । यो शहर भित्र वा नजीकका शहरहरुबीच सामान ढुवानी गर्न उपयोगी हुने कम्पनीको भनाई छ ।
दुगड कम्पनीका अनुसार सुप्रो भ्यान ठूलो परिवारका लागि व्यक्तिगत सवारी साधन हो जसलाई व्यापारीहरुले व्यक्तिगत र व्यावसायिक काममा प्रयोग गर्न सक्छन् । टुर तथा ट्राभल कम्पनीहरुका लागि पनि यो सजिलो यातायातको साधन हो भने किसानका लागि यो अतिरिक्त आयको स्रोत हो । अर्को उत्पादन सुप्रो म्याक्सिट्रक व्यवसाय र ढुवानीकर्ताहरुका लागि उपयोगी गाडी हो ।
मिनिट्रक सेग्मेण्टमा अपग्रेड हुनका लागि यो सबैभन्दा राम्रो बाटो हो भने म्याक्सिट्रक सेग्मेण्टमा यो सबैभन्दा उचित विकल्प भएको कम्पनीले दाबी गरेको छ ।
प्रकाशित: १५ भाद्र २०७३, बुधबार