वान प्लसको नयाँ इयरफोन ‘बूलेट भि२’

  • Technology Khabar | १२ भाद्र २०७३, आईतवार
वान प्लसको नयाँ इयरफोन ‘बूलेट भि२’

काठमाडौं ।

काठमाडौं, १२ भदौ । वान प्लसले नयाँ इयर हेडफोन सार्वजनिक गरेको छ । कम्पनीले वान प्लस सिल्भर बुलेट्स २०१४ को नयाँ संस्करणको रुपमा बूलेट्स भि टू (Bullets V2) नामक इयर हेडफोन ल्याएको हो ।

नयाँ इयरफोन वान प्लसको आधिकारिक अनलाइन स्टोरमा यसअघि नै सार्वजनिक भईसकेको थियो । तर सार्वजनिक भएपछि मात्र यो खरिदका लागि उपलब्ध भएको छ ।

नयाँ इयरफोन बूलेट्स भि२ को मूल्य करिब २० अमेरिकी डलर तोकिएको छ भने यसको मूल्य बजारअनुसार केहि फरक रहेको छ । यसअघि वान प्लसले ल्याएको सिल्भर बूलेट्स इयर फोनको मूल्य भने १५ अमेरिकी डलर मात्र रहेको थियो । oneplus-bullets-v2-01

बूलेट भि २ इयरफोनमा ९ मिलिमिटरको डाइनामिक डईभर राखिएको छ भने यसमा ३ मिलिवाटको पावर हुनेछ । यो इयरफोन इन लाइन रिमोटसहित उपलब्ध हुनेछ ।

वान प्लसको बूलेट्स भि २ इयरफोन कालो र सेतो रंगमा उपलब्ध हुनेछ भने यो ३.५ मिलिमिटर हेडज्याक भएको फोन वान म्यूजिक प्लेयरमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित: १२ भाद्र २०७३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...