Technology Khabar ६ भाद्र २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, ६ भदौ । नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपालले यही भदौ १४ गते देखि १९ गते सम्म काठमाण्डौको भृकुटी मण्डपमा नाडा अटो शो आयोजना गर्ने भएको छ । नाडाले आयोजना गर्ने वृहत सवारी मेलाको बारेमा आईतवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । नाडा अटो शो २०७३ मा प्रख्यात ब्राण्डका सवारी साधन, पार्ट पुर्जा तथा अन्य एसेशरिज प्रदशर्नमा राखिनेछ ।
पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष अन्जन श्रेष्ठले वार्षिक सरकारलाई करिब २० प्रतिशत राजस्व सवारी साधन व्यवसायले तिरिरहेको जानकारी दिँदै १७ लाख भन्दा बढि रोजगार सिर्जना गरेको बताए । नविनतम् मोडलहरू तथा नयाँ प्रविधिहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा अटो शो २०७३ मा डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरूको जमघटले सवारी साधन र सम्बन्धित सम्पुण क्षेत्रको विकास, बजारिकरण र विस्तारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने नाडाको भनाई छ ।
यस वर्ष मेलामा साना ठूला गरि लगभग १२५ वटा स्टलहरू रहने छन् भने करिब ७४ वटा सहभागी संस्थाहरूले विभिन्न योजनाहरू सहित सवारी साधन, सवारी साधन जन्य वस्तु तथा अन्य सेवाहरू प्रदर्शनीमा राख्ने भएका छन् । यस वर्ष मेलामा केही नयाँ सवारी ब्राण्ड तथा अन्य अटो कम्पोनेन्टहरू पनि पहिलो पटक प्रदर्शनमा ल्याइने जानकारी दिईयो ।
प्रदर्शनीमा १६ वटा ब्राण्डका ४–पाङग्रे, १५ वटा ब्राण्डका २–पाङग्रे तथा ५ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू रहने छन् ।
४–पाङग्रेमा म्बतकगल, Datsun, Fiat, Ford, Honda, Hyundai, Kia, Mahindra, MG, Nissan, Renault, Skoda, Suzuki, TATA, Toyota, Volkswagen, Ssangyong रहेका छन् । त्यसतै २–पाङग्रेमा Bajaj, Bela, Benelli, Hero, Honda, KTM, Mahindra, Royal Enfield, Runner, Scomadi, Suzuki, TVS, UM, Vespa, Yamaha रहेका छन् भने हेवी कमर्शियलमा Ashok Leyland, Eicher, Escorts, Mahindra, TATA लगायतका सवारी साधनहरु रहनेछन् ।
प्रदर्शनीमा वित्तिय संस्था, नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ जस्मा नेपालमै उत्पादित् सामग्रीहरू समेत रहने छन् ।
अवलोकनकर्ताहरूको सुविधालाई ध्यानमा राखी चाहना एवं रुची अनुरुप प्रदर्शनी भ्रमण गर्न सहज होस भत्रे अभिप्रायले २–पाङग्रे, ४–पाङग्रे, कमर्शियल गाडीहरू तथा वित्तिय संस्थाहरूको छुट्टा–छुट्टै ठाँउहरू निर्धारण गरिएको छ ।
नाडा अटो शो २०७३मा लगभग ५०००० आगन्तुकहरूले अवलोकन गर्ने अनुमान गरिएको छ ।
प्रकाशित: ६ भाद्र २०७३, सोमबार