सामसंग ग्यालेक्सी नोट सेभेन नेपाल भित्रन ढिलाई, असोजमा मात्रै आउने

Technology Khabar ५ भाद्र २०७३, आईतवार

काठमाडौं ।

काठमाडौं, ५ भदौ । विश्वभर हालै सार्वजनिक भएको सामसंगको ग्यालेक्सी नोट सेभेनको (Samsung Galaxy Note 7) चर्चा भईरहेको छ । अहिले पनि कति देशहरुमा सार्वजनिक हुन बाँकी नै रहेको सामसंग ग्यालेक्सी नोट सेभेन नेपालमा पनि आईसकेको छैन् ।

नेपाली बजारमा अगस्टमा नै सार्वजनिक हुने भनिएको ग्यालेक्सी नोट सेभेन केहि दिन अघि मात्रै भारतीय बजारमा औपचारिकरुपमा सार्वजनिक भएको थियो । विश्वभर निकै चर्चामा रहेको र होम कन्ट्रि दक्षिण कोरियामा नै अत्यधिक माग आएका कारण कम्पनीले विश्वभर बिस्तारै र चरणबद्ध रुपमा सार्वजनिक गरिरहेको छ ।

सामसंग ग्यालेक्सी नोट सेभेन यहि १९ तारिखदेखि अमेरिका, क्यानाडा, मेक्सिको, प्यूर्टोरिका, अस्ट्रेलिया, न्यूजिल्याण्ड, सिंगापुर, ताइवान, यूएई र कोरियालगायतका केहि मुलुकमा प्रि अर्डर गरेकाले खरिद गर्न सकिने जानकारी दिएको छ । तर सामसंगले यूरोपेली मुलुकसहित विश्वभर नै ग्यालेक्सी नोट सेभेन सार्वजनिक गर्न ढिलाई गरिरहेको छ ।

भदौ महिनाको अन्त्य वा असोजको शुरुवात भन्दा अगाडि ग्यालेक्सी नोट सेभेन नआउने

यहि बेला नेपाली बजारमा पनि सामसंगले ग्यालेक्सी नोट सेभेन आगामी महिनामात्र आउन सक्ने जानकारी दिएको छ । सामसंग नेपालले ग्यालेक्सी नोट सेभेन अनुमान गरिएभन्दा निकै ढिला मात्र नेपाली बजारमा आउने जानकारी दिएको हो । कम्पनीका उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा हालै मोबाइल्सखबरलाई जानकारी दिए अनुसार भदौ महिनाको अन्त्य वा असोजको शुरुवातमा अर्थात सेप्टेम्बर तेस्रो तारिखभन्दा अगाडि ग्यालेक्सी नोट सेभेन आउने छैन् । त्यसैगरी उनले यहि भदौको अन्त्यमा क्यान महासंघले आयोजना गर्ने कमटेक २०१६ मा भने ग्यालेक्सी नोट सेभेनको बारेमा जानकारी दिने स्टल राखिने बताए । उक्त प्रदर्शनीमा सामसंगले आईओटी अर्थात इन्टरनेट अफ थिंग्सको बारेमा सूचनामुलक जानकारीहरु पनि राख्ने जनाएको छ । उता कम्पनी स्रोतले भने सेप्टेम्बरको अन्त्यमा मात्र नेपालमा ग्यालेक्सी नोट सेभेन सार्वजनिक हुने दाबी गरेको छ ।

भारतमा अगस्ट १२ तारिखमा सार्वजनिक गरिएको नोट सेभेन आगामी सेप्टेम्बर २ तारिखदेखि मात्र प्रि अर्डर गरेका ग्राहकहरुको हातमा पर्ने भएको हुँदा नेपालमा त्यो भन्दा पनि ढिला आउन लागेको अनुमान गरिएको छ ।

नेपाल भित्रै औपचारिकरुपमा किन्न नसकिने भएमा यसले सामसंगको नेपाली बजारलाई पनि असर नगर्ला भन्न सकिन्न्

भारतीय बजारमा सार्वजनिक हुनु र यूएस, क्यानाडा, अस्ट्रेलिया, यूएईलगायतका मुलुकमा उपलब्ध भईसक्दा पनि नेपाली बजारमा नोट सेभेन औपचारिकरुपमा नभित्रंदा ती मुलुकबाट अनौपचारिक बाटोबाट नोट सेभेन आउन सक्ने हुन्छ । ग्रे मार्केट पनि भनिने त्यस्तो बजारमा नोट सेभेन उपलब्ध हुने र नेपाल भित्रै औपचारिकरुपमा किन्न नसकिने भएमा यसले सामसंगको नेपाली बजारलाई पनि असर नगर्ला भन्न सकिन्न् ।

त्यसैले ग्यालेक्सी नोट सेभेन नेपाली बजारमा औपचारिकरुपमा कहिले आउँछ भन्न नसकिने भएपनि यसको बारेमा थप जानकारी आएमा हामी तपाईँलाई भन्ने नै छौं ।

प्रकाशित: ५ भाद्र २०७३, आईतवार

तपाइको प्रतिक्रिया