Technology Khabar १ भाद्र २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, १ भदौ । शिओमीले मोबाइल पेमेन्ट एमआई पे (Mi Pay) सार्वजनिक गरेको छ । कम्पनीका सिइिओ ली जूनले नियरफिल्ड कम्यूनिकेशन्समा (NFC) आधारित मोबाइल पेमेन्ट घोषणा गरेका हुन् । शिओमीको एमआई पे यस प्रकारका अन्य पेमेन्टहरु गूगलको आफ्नै एन्ड्रोयड पे, सामसंग पे, एप्पल पे जस्तै रहेको छ ।
एनएफसी पेमेन्ट्सले क्रेडिट, डेबिट, गिफ्ट र लोयल्टि तथा सदस्यता कार्डहरुको रेकर्ड राख्दछ भने यसलाई फोनको माध्यमबाट बिना कार्ड कुनैपनि प्रकारको भूक्तानी गर्न अनुमति प्रदान गर्दछ । एमआई पेले पनि यहि प्रकारले काम गर्दछ ।
शिओमीसँग पहिले नै एनएफसी राखिएको शिओमी एम ५ (Mi 5) स्मार्टफोन रहेको छ । त्यसैले एमआई ५ का प्रयोगकर्ताले नयाँ सेवा छिटै प्राप्त गर्ने बताईएको छ ।
कम्पनीले शाल चीनमा मात्र सार्वजनिक गरेको यो सेवा हाल चाइना कन्ट्रक्सन बैंक, बैंक अफ कम्यूनिकेसन्स, चाइना मर्चेन्ट्स बैंक, हुआजिआ बैंक, मिनसेंग बैंक, पिंग आन बैंक, र इन्डष्ट्रिअल बैंकमा सपोर्ट गर्दछ । यसका साथै बैंक अफ चाइना, इन्डष्ट्रियल एण्ड कमर्शीयल बैंक, चाइना ईभरब्राइट बैंक, बेईजिंग बैंक, ग्वांगडोंग डेभलपमेन्ट बैंकमा भने सेप्टेम्बरदेखि शुरु हुनेछ ।
कम्पनीले नयाँ पेमेन्ट सेवा शुरुगरेसँगै नयाँ आउने डिभाइसहरु शिओमी एमआई नोट २ मा पनि एनएफसी हुनसक्ने अनुमान गरिएको छ ।
प्रकाशित: १ भाद्र २०७३, बुधबार