टाटा मोटर्स् कार मेला सिजन-४ सम्पन्न

  • Technology Khabar | १ भाद्र २०७३, बुधबार
टाटा मोटर्स् कार मेला सिजन-४ सम्पन्न

काठमाडौं ।

काठमाडौं, १ भदौ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी टेडिङ्ग प्रा.लि.द्वारा साउन २७ गतेदेखि ३० गतेसम्म काठमाडौंको नक्सालमा आयोजना गरिएको ४ दिने टाटा मोटर्स् कार मेला सिजन ४ आइतबार सम्पन्न भएको छ । २,६०० भन्दा बढीले दर्शकहरुले अवलोकन गरेको सो कार मेलामा अवलोकनकर्ताहरु टाटाका विभिन्न गाडीहरुबारे जानकारी लिई टेस्ट ड्राइभ लगायत मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका थिए ।

आयोजक सिप्रदी टे«डिङ्ग प्रा. लि.का अनुसार सो कार मेलामा उपस्थित दर्शकहरुमध्ये ३८० भन्दा बढीले टाटाका विभिन्न मोडलका गाडीहरु टेस्ट ड्राइभ गरे भने ९२ जनाले टाटाको गाडीे खरिदका लागि बुकिङ्ग पनि गरेका  थिए । साथै १८२ भन्दा बढी सहभागी दर्शकहरुले आफ्नो गाडीको मूल्याङ्कन गराएका थिए ।

आयोजकका अनुसार मेला अवधिभर टाटा फेसबुक फोटो कन्टेस्ट संचालन गरिएको थियो जसअन्तर्गत १ जना भाग्यशाली विजेताले स्मार्टफोन प्राप्त गरेका थिए । साथै गाडी बुकिङ्ग गर्नेहरुमध्ये भाग्यशाली विजेताको रुपमा जय नारायण चौधरीले लिभिङ्ग एडभेन्चरले प्रायोजन गरेको फ्रि थाइल्याण्ड ट्रिप प्राप्त गरेका थिए ।

अन द स्पट गाडी एक्सचेन्ज अफर अन्तर्गत रमेश प्रसाईंले एक सेट मिसिलिन टायर प्राप्त गरेका  थिए भने प्रेम ब. बरालले बुकिङ्गमा इन्र्भटर, दमन देवी लुईंटेल र शक्ति नाथ कर्माचार्यले लक्की बुकिङ्गमा गाडीको पूर्ण बीमाको सुविधा प्राप्त गरेका थिए । साथै किरण चौधरी, खेमानन्द बस्याँल, हिमर्दी फुड प्रा.लि., शुशान्त अधिकारी र रेख ब. थापाले ले गाडीको तेस्रो पार्टी बीमा सुविधा प्राप्त गरेका थिए भने हरेक टेस्ट ड्राइभका सहभागीहरुले २–२ वटा र टाटाको कुनैपनि गाडीको स्केच कोरेका हरेक सहभागीहरुले १–१ वटा फ्रि मुभी टिकट प्राप्त गरेको आयोजकले जनाएको छ ।

प्रकाशित: १ भाद्र २०७३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...