Technology Khabar १ भाद्र २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, १ भदौ । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउसले नबिल बैंक लिमिटेडसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।
सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र नबिल बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत विनय कुमार रेग्मीले हस्ताक्षर गरे । यस सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली उपलब्ध गराउने छ ।
अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।
यस सम्झौता पछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा ६१ सदस्यहरु आवद्ध भएका छन् ।
प्रकाशित: १ भाद्र २०७३, बुधबार