इन्जिनियरिङ विषय पढ्न प्रमाणपत्र धितोमा शैक्षिक कर्जा

  • Technology Khabar | १ भाद्र २०७३, बुधबार
इन्जिनियरिङ विषय पढ्न प्रमाणपत्र धितोमा शैक्षिक कर्जा
????????????????????????????????????

काठमाडौं ।

काठमाडौं, १ भदौ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त हिमालय कलेज अफ इन्जिनियरिङ र एनएमबी बैंक बीच इन्जिनियरिङमा स्नातक अध्ययन गर्न चाहने छात्रछात्रालाई लक्षित गरी शैक्षिक प्रमाणपत्र पनि धितो राखेर पढ्न सकिने शैक्षिक कर्जा योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा कलेजका तर्फबाट अध्यक्ष विष्णुप्रसाद शर्मा र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडलले बीच हस्ताक्षर गरे ।

आर्थिक अभावले इन्जिनियरिङ पढ्न समस्या परेका जेहेन्दार विद्यार्थीहरुले यो सुविधा लिन सक्नेछन् । यो योजनामा ग्रामीण, पिछडिएको क्षेत्र र महिलालाई प्राथमिकता राखिनेछ । सीमित विद्यार्थीलाई मात्र शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउन सकिनेछ । साथै, अचल सम्पत्ति धितो राखेर सहुलियत दरमा ऋण लिएर पढ्न चाहने विद्यार्थीका लागि पनि सहज शैक्षिक कर्जाको व्यवस्था हुने जानकारी दिईएको छ ।

सम्झौताअनुसार, शैक्षिक शुल्कको ४० देखि ८० प्रतिशतसम्म यो योजनाअनुरुप सहुलियत ऋण लिन सकिनेछ । सामान्यतः ऋणको अवधि ४ वर्षको हुनेछ । अध्ययनमा उत्कृष्टता, लगनशीलता र विश्वसनीयताका आधारमा बैंकले अर्को ४ वर्षका लागि किस्ताबन्दीमा ऋण तिर्न सक्ने सुविधा प्रदान गर्न सक्नेछ । ४ वर्षपछिको किस्ताबन्दीसम्बन्धी सुविधा लिनका लागि बैंक र विद्यार्थीबीच अलग्गै सम्झौता गर्नुपर्नेछ । ब्याजदर विद्यार्थीको अवस्था हेरी ५ देखि ८ प्रतिशत हुने उल्लेख छ ।

“यस योजनाले दक्ष जनशक्ति उत्पादन गर्ने काममा सघाउ पुग्नेछ । आगामी वर्षहरुमा अन्य शैक्षिक कार्यक्रमहरुमा पनि लागू गर्नेछौँ,” कलेजका निर्देशक रामेश्वर अर्यालले भने ।

प्रकाशित: १ भाद्र २०७३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार