नेपाल बङ्गलादेश बैंकको एनबी गौरब बचत खाता

  • Technology Khabar | ३० श्रावण २०७३, आईतवार
नेपाल बङ्गलादेश बैंकको एनबी गौरब बचत खाता

काठमाडौं ।

काठमाडौं, ३० साउन । नेपाल बंङ्गलादेश बैंकले नयाँ तथा आफ्ना सम्पूर्ण ग्राहकबर्गका लागि नयाँ बचत खाता “एन.बी.गौरब बचत खाता” यहि साउन २३ गते देखि ल्याएकोे  जानकारी गराएको छ । यस योजना  अन्तर्गत मौज्दात रकम अनुसार व्याजदर प्रदान गरिनेछ । न्यूनतम रु.एक लाख मौज्दात राख्नुपर्ने छ । तिनवटा श्रेणीगत मौज्दात अन्तर्गत जति धेरै मौज्दात रकम त्यती धेरै व्याजदर प्रदान गरिनेछ । साथै, यस खाता खोलेवापत भिषा कार्ड जारी खर्च नलाग्ने, मोबाइल बैंकिङ्ग, अनलाइन बैंकिङ्ग पनि निशुल्क गरिएको जनाएको छ ।

बैंक को प्रकाशित चौथो त्रैमासिक बित्तिय बिवरण अनुसार कुल निक्षेप ३९.८७४ अर्ब, कुल कर्जा ३२.५२८ अर्ब रहेको जनाएको छ । निष्कृय कर्जा ०.७१% मा कायम गर्न सफल भएको छ । साथै बैंकको मुनाफा रु. १.१९८ अर्ब रहेको जनाएको छ ।

बैंकले आफना ३४ शाखा, ७ शाखारहित घरदैलो बैकिङ्ग सेवा तथा ३४ वटा एटिएमबाट बैंकिङ्ग सुबिधा दिंदै आएको कुरा पनि जानकारी दिएको छ ।

प्रकाशित: ३० श्रावण २०७३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...