ग्यालेक्सी नोट सेभेन भारतमा सार्वजनिक, नेपालमा केहि दिनमा आउने

Technology Khabar २७ श्रावण २०७३, बिहीबार

काठमाडौं ।

काठमाडौं, २७ साउन । भारतमा सार्वजनिक भएको सामसंगको सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) नेपाली बजारमा उपलब्ध हुने भएको छ । सामसंगले नेपाली बजारमा यो स्मार्टफोन केहि दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

सामसंगको सबैभन्दा चर्चित स्मार्टफोन ग्यालेक्सी नोट सेभेन नेपालमा अगस्ट १४ तारिखभन्दा अगाडि नै नेपाली बजारमा सार्वजनिक हुने भनिएपनि स्रोतले नोट सेभेन सार्वजनिक हुने दिन सरेको जानकारी दिएको छ । भारतीय बजारमा यो स्मार्टफोन बिहिवार सार्वजनिक भएको हुँदा नेपाली बजारमा पनि पनि छिटै आउने अनुमान गरिएको छ ।

उता कम्पनी स्रोतले भने ग्यालेक्सी नोट सेभेन कम्पनीमा आईसकेको र फोन केहि दिन परिक्षण भएपछि मात्र सार्वजनिक हुने दाबी गरेको छ । ‘फोन नेपालको बितरक कम्पनीमा आईसकेको छ ।’ स्रोतले भन्यो ।

सामसंगले ग्यालेक्सी नोट सेभेनको मूल्य नेपालमा करिब रु ९०,००० देखि रु ९५,००० को बिचमा निर्धारण हुने स्रोतले जानकारी दिएको छ ।

यसैबिच सामसंगले भारतमा आफ्नो सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गरेको छ । सामसंगले नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा ग्यालेक्सी नोट सेभेन सार्वजनिक गरेको हो ।

भारतीय बजारमा यो स्मार्टफोन सेप्टेम्बर २ तारिखदेखि उपलब्ध हुनेछ । यो स्मार्टफोन भारतीय बजारमा सेप्टेम्बर २ तारिखदेखि उपलब्ध हुनेछ जसको मूल्य भारु ५९,९००/- अर्थात करिब नेपाली रुपैंया ९६,०००/- तोकिएको छ । Gear Fit 2

सामसंगको ग्यालेक्सी नोट सेभेन खरिदमा कम्पनीले इन्ट्रोडक्टरी अफरअन्तरगत अगस्ट २२ देखि अगस्ट ३० सम्म प्रि-बुकिंग गर्ने खरिदकर्ताले दोस्रो पुस्ताको गियर भिआर (2nd generation Gear VR) भारु १९९०/-मा खरिद गर्न सक्नेछ । अन्य समयमा यो गियर भिआरको मूल्य भारु ७,२९० तोकिएको छ ।

सामसंगले भारतीय बजारमा गियर आइकन एक्स (Gear IconX) तथा गियर फिट २ (gear Fir 2) सार्वजनिक गरेको छ जसको मूल्य क्रमश भारु १३,४९० तथा भारु १३,९९० तोकिएको छ ।

ग्यालेक्सी नोट सेभेन खरिद गर्ने उपभोक्ताले तीन महिनाको अनलिमिटेड भ्वाइस तथा फोरजी डाटा रिलायन्स जीओ नेटवर्कमा तथा जीयो सर्भिसको पुरा सेवा उपयोग गर्न सक्नेछ ।

प्रकाशित: २७ श्रावण २०७३, बिहीबार

तपाइको प्रतिक्रिया