लेनोभोको ‘भाइव के५ नोट’ भारतमा एक अर्ब भारु बराबरको बिक्री

Technology Khabar २५ श्रावण २०७३, मंगलवार

काठमाडौं ।

काठमाडौं, २५ साउन । लेनोभोले आफ्नो पछिल्लो स्मार्टफोन भाइव के फाइभ नोट ( Vibe K5 Note) सार्वजनिक गरेको एक साता भित्रै भारतीय बजारमा यसको लोकप्रियता निकै बढेको छ । कम्पनीले भाइव के ५ नोट भारतमा सार्वजनिक गरेको एक साता भित्रै भारु १०० करोड अर्थात १ अर्ब मूल्य बराबरको स्मार्टफोन बिक्री गरेको जनाएको छ ।

यो स्मार्टफोन लेनोभोले भारतीय बजारमा गत साता मात्र सार्वजनिक गरेको थियो । मंगलवार कम्पनीले यो सातामा भारु १०० करोड मूल्य बराबरको के ५ नोट बिक्री गरेको घोषणा गरेको छ । कम्पनीले मूल्य सार्बजनिक गरेपछि कति यूनिट स्मार्टफोन बिक्री गर्यो भन्ने जानकारी दिएको छैन् । तर यो फोनको बजार मूल्यको आधारमा हेर्दा कम्पनीले ८३ हजार भन्दा बढि यूनिट बिक्री गरेको देखिन्छ ।Vibe K5 Note

लेनोभोले एक साता अघि भारतीय बजारमा सार्वजनिक गरेको यो स्मार्टफोनमा ५ इन्चको डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन १२८०x७२० पिक्सेल छ । यो स्मार्टफोनमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर छ भने फोनमा २ जीबीको र्याम राखिएको छ । यसमा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो स्मार्टफोनमा फोटोका लागि १३ मेगापिक्सेको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । ड्यूल सिम सपोर्ट गर्ने के ५ नोट स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित रहेको छ ।

कनेक्टिभिटीका लागि यो स्मार्टफोनमा थ्रीजी, वाईफाई, ब्लूटूथ, जीपीएस राखिएको छ भने ३,००० एमएएचको ब्याट्री रहेको छ ।

भारतमा यो फोनको मूल्य भारु ११,९९९ तोकिएको छ ।

यो फोन हाल नेपाली बजारमा आईसकेको छैन् तर छिटै आउने अनुमान भने गर्न सकिन्छ।

प्रकाशित: २५ श्रावण २०७३, मंगलवार

तपाइको प्रतिक्रिया