आन्तरिक राजस्व विभागको व्यवस्थापन गोष्ठी सम्पन्न

  • Technology Khabar | २३ श्रावण २०७३, आईतवार
आन्तरिक राजस्व विभागको व्यवस्थापन गोष्ठी सम्पन्न

काठमाडौं ।

काठमाडौ, २३ साउन । आन्तरिक राजस्व विभागले यही साउन २० देखि २२ सम्म बुढानिलकण्ठ, काठमाडौंमा सञ्चालन गरेको व्यवस्थापन गोष्ठी २१ बुंदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

समापन समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले हालको सीमित अर्थतन्त्रमा खर्च प्रणाली प्रभावकारी बनाउन नसकिएमा त्यसले राजस्व असुलीमा योगदान गर्न नसक्ने बताए । लगानी बढेमा उद्योग व्यवसाय बढ्ने र त्यसले राजस्व बढ्ने बताउनुहुंदै राजस्व प्रशासनमा सुधारको लागि नयां संरचना र प्रणाली विकासको आवश्यकता भएको बताए ।

साथै उनले कर छली र राजस्व चुहावट नियन्त्रण गर्न राजस्व प्रशासनलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्नु पर्ने कुरामा जोड दिंदै राजस्वको दायरा वृद्धिका लागि नयां तरिकाबाट कार्य गर्न निर्देशन दिए ।

कार्यक्रममा अर्थ सचिव लोकदर्शन रेग्मीले राजस्व प्रशासनले गरिरहेको कामलाई मन्त्रालयले नजिकबाट नियालिरहेको जानकारी दिंदै कर्मचारीलाई ढुक्क भएर आफ्नो कार्य सम्पादन गर्न निर्देशन दिए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले आ.व. २०७२/७३ मा विभागको कूल राजस्व लक्ष्य रु. १९४ अर्व ६७ करोड भएकोमा रु. २०४ अर्व ४३ करोड असुली भई लक्ष्यको १०५ प्रतिशत र गत वर्षको तुलनामा २८ प्रतिशत वृद्धि भएको जानकारी गराएका थिए
गत वर्ष करिव १ लाख ५१ हजार करदाता करको दायरामा आएका र वक्यौता तिर्न अटेर गर्ने १९०३ करदातालाई कानुनी कारवाही गरिएको थियो । वक्यौता रु. २१ अर्व ५० करोड असुली तथा समायोजन गरिएको थियो भने बेरुजु फछ्र्यौट तर्फ रु. ४ अर्व २३ करोड ६०.२ प्रतिशत बेरुजु फछ्र्यौट गरिएको जानकारी महानिर्देशक शर्माले गराए ।

महानिर्देशक शर्माले आगामी वर्षका लागि रु. २३३ अर्व ६० करोडको लक्ष्य प्राप्त भएको समेत जानकारी गराए । आगामी वर्ष सवैका लागि स्थायी नम्बर एब्ल् ायच ब्िि को नारा सहित २०७४ असारसम्म ३ लाख करदातालाई करको दायरामा ल्याउने तयारी गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले विषम परिस्थितिमा पनि लक्ष्य भन्दा बढी राजस्व संकलन भएको र यसमा निजी क्षेत्रको पनि महत्वपूर्ण देन रहको बताए । उद्योग व्यवसायमा सरकार पनि साझेदार भएको बताउंदै विवाद निरुपणका लागि स्वतन्त्र स्थायी निकायको आवश्यकता रहेको औंल्याए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुक समृद्ध बनाउनका लागि व्यवसायिक वातावरण बनाउनुपर्छ भन्दै करदाता कर अफिसमा जानै नपर्ने प्रणालीलाई अपडेट गर्दै जानुपर्ने बताए ।

उक्त कार्यक्रममा आन्तरिक राजस्व विभागको ३ वर्षे सुधार योजना, परिमार्जित अन्तःशुल्क निर्देशिका, दोहोरो करमुक्ति एवं वित्तीय छल निरोध सम्झौताको संगालोको विमोचन गरिएको थियो ।

उक्त अवसरमा कार्य सम्पादनमा उत्कृष्ट हुने कार्यालयहरुमा प्रथम हुने आन्तरिक राजस्व कार्यालय भरतपुर, दोस्रो हुने आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर, कञ्चनपुर र तृतीय हुने आन्तरिक राजस्व कार्यालय बुटवललाई उपप्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्णबहादुर महराबाट प्रशंसापत्र प्रदान गरिएको थियो भने विभिन्न विधामा उल्लेखनीय काम गर्ने कार्यालयहरुलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो ।

सो अवसरमा विभागबाट गठन भएका ३४ वटा विषयगत टोलीको तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा करदाता सेवा, कर परीक्षण, कर छुट पाउने संस्थाको नियमन, अवकास योगदान, अन्तःशुल्क प्रशासन लगायतका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

प्रकाशित: २३ श्रावण २०७३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...