Technology Khabar १९ श्रावण २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, १९ साउन । प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २० औं वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ ।
कम्पनीको २१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कम्पनीका उपाध्यक्ष राजेन्द्र मल्लले कम्पनीले गत आ.व.मा गरेको कार्य प्रगति सम्वन्धमा संक्षिप्त जानकारी गराए ।
उनले आगामी दिनमा सेवा बिस्तारको लागि उपयुक्त स्थानको पहिचान गरी थप शाखा तथा उपशाखा कार्यालय स्थापना गर्ने समेत जानकारी गराए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई सदैव पालना गर्दै प्रतिस्पर्धात्मक बजारमा प्रतिस्पर्धा गर्दै अघि बढ्दै गईरहेको बताए । ग्राहकहरुको सुविधालाई मध्यनजर गरी सम्पूर्ण कारोवार अनलाईन पद्धतिबाट सन्चालन हुंदै आएकोमा त्यसलाई अझ बढि सुविधाजनक बनाउन सहकारी संस्थाहरुमार्फत अनलाईन प्रिमियम भुक्तानीको व्यवस्था गरिएको जानकारी दिए ।
हाल यस कम्पनीको केन्द्रिय कार्यालय सहित शाखा तथा उपशाखा संख्या १९ रहेको छ ।
प्रकाशित: १९ श्रावण २०७३, बुधबार