Technology Khabar १९ श्रावण २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, १९ साउन । नेपाली युवा उद्यमी मञ्चको आयोजनामा नेपाली महिला युवा उद्यमी सम्मेलन सम्पन्न भएको छ ।
उद्यमशिलताको क्षेत्रमा महिलाहरुको सहभागितालाई बढवा दिन यो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा युवा महिला उद्यमी बिचको अनुभव साटासाट गर्ने, एक अर्काबाट सिक्ने र महिलाहरु बीच उद्यमशिलताको विकासमा सहयोग गर्ने मुख्य लक्ष्य रहेको थियो ।
सम्मेलनमा नेपालमै सफल महिला उद्यमीहरु अलिसा तुलाधर, रामकली खड्का, प्रसन्ना बस्नेत, सरिता अधिकारी, महिमा श्रेष्ठ, रेवती गुरुङ्ग, सुमना श्रेष्ठले आफ्नो उद्यमशिलताको यात्रा र सफलताको कथा सुनाएका थिए ।
सामाजिक उद्यमशिलता र व्यक्तिगत ब्राण्डिङ्गको पनि विशेष कार्यक्रम रहेको यो सम्मेलनले महिलाहरुमा उद्यमशिलता विकासमा मुख्य भुमिका खेल्ने र यस्ता सम्मेलनले महिलालाई उद्यमी बन्न प्रेरित गर्ने बताईएको छ ।
प्रकाशित: १९ श्रावण २०७३, बुधबार