जियोनीको एम सिक्स तथा एम सिक्स प्लस सार्वजनिक, डाटाका लागि छुट्टै चीप सुरक्षा

Technology Khabar १२ श्रावण २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, १२ साउन । जियोनीले हालै नयाँ स्मार्टफोन विश्व बजारमा सार्वजनिक गरेको छ । कम्पनीले मेटल क्ल्याड डुओ भएको नयाँ स्मार्टफोन जियोनी एम सिक्स (Gionee M6) तथा एम सिक्स प्लस (M6 Plus) सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेका दुबै फोनहरु व्यवसाय गर्ने मानिसहरुलाई लक्षित गरेर ल्याईएको बताईएको छ । त्यसैले यसमा डेडिकेटेड सेक्यूरिटी चीप राखिएको छ, जसले प्रयोगकर्ताहरुको डाटा सुरक्षा गर्न १० लेयरको सुरक्षा घेरा बनाउँछ । यसमा फिंगरप्रिन्ट रिडर मात्र सुरक्षाको लागि प्रयोग गर्न सकिन्छ ।

जियोनी एम सिक्स

जियोनी एम सिक्स स्मार्टफोन जून सानो फोन भनेर चिनाईएको छ, यसमा ५.५ इन्चको एचडी एमोलेड स्क्रिन राखिएको छ । यो स्मार्टफोनमा ४ जीबी र्याम छ भने ३२ जीबी, ६४ जीबी र १२८ जीबी आन्तरिक स्टोरेज राखिएको छ । जियोनी एम सिक्समा ५,००० एमएएचको ब्याट्री रहेको छ ।Gionee M6

यो स्मार्टफोन १.८ गीगाहर्जको अक्टा-कोर प्रोसेसरद्धारा संचालन हुन्छ भने यसमा ड्यूल एलईडी फ्ल्याशसहितको १३ को रियर क्यामरा राखिएको छ । त्यस्तै यसमा ८ मेगापिक्सेलको सेल्फि सूटर राखिएको छ । यसमा पछाडिको भागमा फिंगरप्रिन्ट रिडर पनि राखिएको छ ।

जियोनी एम सिक्स प्लस

जियोनीको एम सिक्स प्लसमा ठूलो साइजको ६ इन्चको फूल एचडी एमोलेड डिस्प्ले राखिएको छ, यसको पिक्चर रिजोल्यूशन १०८० पिक्सेल रहेको छ । यो स्मार्टफोनमा पनि ४ जीबीको र्याम छ भने यसमा ६४ जीबीको स्टोरेज अप्सन मात्र राखिएको छ । जियोनी एम सिक्स प्लसमा ६,०२० एमएएचको ब्याट्री रहेको छ ।

यो स्मार्टफोन २.० गीगाहर्जको अक्टा-कोर प्रोसेसरद्धारा संचालन हुन्छ भने यसमा जियोनी एम सिक्सको जस्तै १३ मेगापिक्सेलको रियर क्यामरा छ भने पछाडिको भागमा फिंगरप्रिन्ट रिडर राखिएको छ ।Gionee M6_01

जियोनीले सार्वजनिक गरेका दुबै स्मार्टफोनहरुमा रिभर्स चार्जिंग सुविधा राखिएको छ,जसले ब्याट्री ब्याकअपको रुपमा अन्य डिभाइसहरु चार्ज गर्न सकिन्छ । यी दुबै फोनहरुमा ३.५ एमएमको अडियो ज्याक पनि हटाईएको छ ।

दुबै स्मार्टफोनहरु हाल चीनियाँ बजारमा मात्र उपलब्ध रहेका छन भने अन्य मुलुकहरुमा कहिले सार्वजनिक हुन्छ केहि जानकारी दिईएको छैन् । यसको मूल्यको बारेमा पनि उल्लेख गरिएको छैन् ।

माध्यम

प्रकाशित: १२ श्रावण २०७३, बुधबार

तपाइको प्रतिक्रिया