जियोनि एफ १०३ प्रो बजारमा, सेल्फी प्रेमीहरुमा केन्द्रित ‘सेल्फी मास्टर’

Technology Khabar १२ श्रावण २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, १२ साउन । जियोनिले नेपाली बजारमा नयाँ मोडेल जियोनि एफ १०३ प्रो (Gionee F103 Pro) ल्याएको छ । यसअघि ल्याईएको एफ १०३ को नयाँ संस्करण एफ १०३ प्रो सेल्फी खिच्न रुचाउने नेपाली युवा जमातमा लक्षित छ । एफ १०३ प्रोलाई “सेल्फी मास्टर“ को नाममा जियोनिले नेपाली बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

एफ १०३ को तुलनामा एफ १०३ प्रोमा नयाँ फिचरहरु थपिएको छ । फोनमा २.५ डी ड्रागन टेल ग्लासले सुरक्षित ५ इन्चको एचडी आइपीएस ईनसेल डिस्प्ले रहेको छ जसको पिक्चर रिजोल्यूशन ७२० पिक्सेल छ ।

क्यामेराको हकमा एफ १०३ प्रोमा १३ मेगापिक्सेलको फास्ट फोकस रियर क्यामेरा छ भने यसमा टेक्स्ट रिकोग्निशन, टाइम ल्याप्स र अरु थुप्रै आकर्षक फिचर सहित छ । त्यस्तै फेस ब्युटी र स्क्रिन फ्लाश सहितको ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ जसले मधुरो प्रकाशमा पनि उज्यालो सेल्फिहरु खिच्ने कम्पनीले उल्लेख गरेको छ ।

एफ १०३ प्रो मा १.३ गिगाहर्जको क्वाड-कोर मिडियाटेक एमटि ६७३५ प्रोसेसर छ । अन्य जियोनि मोडेल सरह एफ १०३ प्रोमा डीटिएस साउन्ड प्रविधि रहेको छ जसले उत्कृष्ट गुणस्तरको ध्वनि उत्पादन गर्छ ।

फोनमा ३ जीबी र्याम र १६ जीबी आन्तरिक स्टोरेज रहेको छ जसलाई कार्डबाट १२८ जीबीसम्म थप गर्न सकिन्छ । यसमा एन्ड्रोइडको सबैभन्दा नयाँ संस्करण ६.० मार्शमाल्लोमा आधारित जियोनिको आफ्नै सफ्टवेयर अमिगो ३.२ राखिएको छ । ड्यूल सिम ड्यूल स्ट्यान्डबाई रहेको यो सेटमा २,४०० एमएएचको ब्याट्री छ जसले २० घण्टाको टक टाईम र ४७० घण्टाको स्टान्डबाई टाईम प्रदान गर्दछ ।

सीडीएमए प्रविधिसहितको सेट पनि यो मोडलमा उपलब्ध रहेको छ भने यसमा ओटिजी प्रविधि पनि छ । केवल ८.५ मि मि मोटाई भएको र १४३ ग्राम तौलको फोन बजारमा गोल्डेन, सेतो र ग्रे गरी ३ रंगमा उपलब्ध हुनेछ ।

कम्पनीले यसको मूल्य रु. १८,९९९/- तोकेको छ ।

प्रकाशित: १२ श्रावण २०७३, बुधबार

तपाइको प्रतिक्रिया