
काठमाडौं ।
काठमाडौं, ११ साउन । वान प्लस मोबाइल ब्राण्डको नेपालका लागि आधिकारिक बितरक आइ हब प्रालिले वान प्लस थ्री बजारमा उपलब्ध भएको घोषणा गरेको छ । कम्पनीले आजदेखि बजारमा वान प्लस थ्री स्मार्टफोन अनलाइन तथा अफलाइन स्टोरबाट खरिद गर्न सकिने जानकारी दिएको छ ।
आइहबको कार्यालयमा आयोजित कार्यक्रममा आइहबका निर्देशक लोकेश ओलीले वान प्लस आजदेखि सबै आउटलेटमा उपलब्ध रहेको जानकारी दिएका छन् । उनले भने यो वान प्लस थ्रीको हाइएण्ड स्मार्टफोन हो ।
कम्पनीले यसको प्रि बुकिंग इ कमर्श केमूमा गरेको र प्रि बुकिंगमा २७० वटा वान प्लस थ्रीको बुकिंग आएको जानकारी दिएको छ । हामीले यसको प्रि बुकिंगमा निकै राम्रो रेस्पोन्स पाएका छौं । निर्देशक ओलीले भने ।
आइहबले वान प्लसका विभिन्न एसेसरिज पनि नेपाली बजारमा उपलब्ध रहेको जानकारी दिएको छ । कम्पनीले आगामी केहि सातामा नै कार ड्यास चार्जर पनि नेपाली बजारमा भित्र्याउने जानकारी दिएको छ । कम्पनीका अर्का निर्देशक शिशिर मुरारकाले भने, ‘हामीले केहि दिनमा नै वान प्लस ब्राण्डको कार चार्जर ल्याउने छौं ।’
उनले यो स्मार्टफोनको मूल्य रिटेल चेनका कारण केहि महंगो भएको दाबी गरे । ‘हामीले अन्य मुलुकमा जस्तो पूरै अनलाइनमा बिक्री गर्ने व्यवस्था नहुँदा मूल्य महंगो पर्दछ,’ उनले भने ।
आइहबले वान प्लस थ्री काठमाडौंसहित नेपालभरीका मुख्य मुख्य शहरहरुमा किन्न सकिने जानकारी दिएको छ । त्यसैगरी अनलाइनबाट खरिद गर्ने ग्राहकहरुलाई नेपालभरी होम डेलिभरी दिने कम्पनीको दाबी छ ।
कम्पनीले वान प्लस थ्रीको मूल्य रु ४९,९००/- तोकेको छ ।
प्रकाशित: ११ श्रावण २०७३, मंगलवार