हिमालयन ईन्टरप्राइजेज प्रा.लिलाई पेट्रोलियम कारोबारको अनुमति

  • Technology Khabar | १० श्रावण २०७३, सोमबार
हिमालयन ईन्टरप्राइजेज प्रा.लिलाई पेट्रोलियम कारोबारको अनुमति

काठमाडौं ।

काठमाडौं, १० साउन । निजी संस्था मार्फत नेपाली बजारमा पेट्रोलियम पदार्थको विक्रि वितरणका लागि सीजी होल्डिङ्स अन्तर्गतको एक सदस्य कम्पनी हिमालयन ईन्टरप्राइजेज प्रालिलाई अनुमति प्रदान गरिएको छ । अनुमति अनुसार कम्पनीले अब नेपाली बजारमा पेट्रोल, डिजल र मट्टितेलको विक्रि वितरण गर्न पाउने छ । नेपाली बजारमा बढ्दो पेट्रोलियम पदार्थको मागलाई दृष्टिगत गर्दै सीजी होल्डिङ्स अहिले नेपाल आयल कर्पोरेशन लिमिटेड (एनओसी)सँग प्रतिस्पर्धात्मक मुल्य कायम गर्दै बजार माग अनुसार आपूर्ति पुर्याउन प्रयासरत रहेको बताइएको छ ।

समग्र देश विकासका लागि उर्जा अपरिहार्य रहेको बताउँदै नेपाली बजारमा निरन्तर विद्यमान  पेट्रोलियम पदार्थको संकट समाधानमा उल्लेख्य सहयोग पुग्ने सोचका साथ सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले आफु यस नयाँ उद्यमका लागि निकै उत्सुक रहेको बताएका छन् । “उपभोक्तालाई पेट्रोलियम पदार्थको सहज उपलब्धता र उत्कृष्ट गुणस्तरमा एकरुपताका लागि हिमालयन ईन्टरप्राइजेज प्रालि सधै प्रतिबद्ध रहेको छ” उनले भने ।

प्रकाशित: १० श्रावण २०७३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १० श्रावण २०७३, सोमबार