Technology Khabar ६ श्रावण २०७३, बिहीबार
काठमाडौं ।
काठमाडौं, ६ साउन । संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत नेपाल एसबिआई बैंकले नन्दी माध्यमिक विद्यालयका २०७१/२०७२ सालको एस.एल.सी. परिक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने ३० जना विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने उदेश्यले छात्रवृत्ति प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नन्दी माध्यमिक विद्यालयका एसएलसी उतिर्ण उत्कृष्ट विद्यार्थीहरुलाई विगत ७ वर्षदेखि लगातार छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत छात्रवृत्ति र अन्य गरी झन्डै रु. ३.३० लाख बराबरको सहयोग पदान गरेको छ । नेपाल एसबिआई बैंक लि. का प्रमुख संचालन अधिकृत शुभकान्त कनुङ्गो तथा प्रमुख वित्तिय अधिकृत प्रिय रंजनद्धारा विद्यार्थीहरुलाई छात्रवृत्तिको रकम स्वरुप जनही रु. ११,०००/– को चेक वितरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल एसबिआई बैंकले देशभर रहेका ७३ शाखा कार्यालय र ८६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित: ६ श्रावण २०७३, बिहीबार