अब ट्वीटर एकाउण्ट प्रमाणित गर्न सकिने, सबै प्रयोगकर्ताका लागि आवेदन खुला

Technology Khabar ६ श्रावण २०७३, बिहीबार

काठमाडौं ।

काठमाडौं, ६ साउन । अब ट्वीटरमा आफ्नो एकाउण्ट प्रमाणिकरण प्राप्त गर्न सकिने भएको छ । ट्वीटरले (Twitter) यो सुविधा सबै प्रयोगकर्ताका लागि खुल्ला गरेपछि निलो मार्क (Blue mark) प्राप्त गर्न सहज भएको हो ।

सामाजिक संजाल ट्वीटरले भर्खर मात्रै प्लेटफर्ममा भेरिफिकेशनका लागि आवेदन खुला गरेको छ । यो आवेदनबाट प्रयोगकर्ताको एकाउण्ट प्रमाणिकरण भएपछि उसको एकाउण्टमा निलो ठिक चिन्ह देखिनेछ । यो चिन्हको अर्थ उक्त ट्वीटर ह्याण्डलरको एकाउण्ट आधारिक हो भन्ने प्रमाणित हुन्छ ।

समान्यतया, सेलेब्रेटिहरु, पत्रकारहरु, खेलाडीहरु, राजनितीज्ञहर र अन्य हाई प्रोफाईल भएका व्यक्तिहरुका लागि यो प्रमाणिकरण आवश्यक पर्ने गर्दछ । यस्ता व्यक्ति तथा ट्वीटर प्रयोगकर्ताहरुको नाममा अन्य व्यक्तिहरुले पनि एकाउन्ट खोलिदिने गर्दा समस्याबाट बच्न ब्लू मार्क महत्वपूर्ण हुन्छ ।

एकाउण्ट भेरिफाई भईसकेपछि प्रयोगकर्तालाई विशेष फीचरहरु दिईनेछ, जसमा भेरिफाईड ओन्ली नोटिफिकेसन फीड एक हो । तर यसले ट्वीटरको अनुभवलाई कुनै परिवर्तन गर्दैन् ।

यो आवेदन खुला गरेसँगै ट्वीटरमा १ लाख ८७ हजार प्रयोगकर्ताहरु हाल प्रमाणित गरिसकिएको कम्पनीले बताएको छ । तर यो संख्या कम्पनीको प्रयोगकर्ताको आधारमा ०.०६ प्रतिशत मात्र हो । हाल ट्वीटरमा ३१० मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरु रहेका छन् ।

कम्पनीले भेरिफिकेशनका लागि प्रयोगकर्तासँग यसअघि पनि आवेदन माग गरेको थियो तर त्यो केहि वर्ष अघि हटाईयो । संभवत अनावश्यक आवेदनहरु अएर हटाईएको थियो । त्यसबेलादेखि ट्वीटरले हालसम्म आफैं म्यानुअल्लि भेरिफिकेशन गर्दै आएको थियो ।

नयाँ व्यवस्थाअनुसार ट्वीटरको एकाउण्ट भेरिफिकेशन गर्नका लागि प्रयोगकर्ताको एकाउण्टमा प्रमाणित गरिएको फोन नम्बर र ईमेल एड्रेस भएको सुनिश्चित हुनुपर्नेछ, त्यस्तै वायो, प्रोफाईल पिक्चर, बर्थडे र वेबसाइट पनि निश्चित हुनुपर्दछ ।

कम्पनीले भेरिफाई हुन चाहने प्रयोगकर्तालाई किन तपाईँ भेरिफाईड हुनु चाहनुहुन्छ भनेर प्रश्न गर्ने र संभवत तपाईँको परिचय सुनिश्चित गर्न सरकारले जारी गरेको परिचय पत्र माग गर्नसक्ने कम्पनीले बताएको छ ।

ट्वीटरका यूजर सर्भिस उपाध्यक्ष टीना भटनागरका अनुसार, यो कदम सहयोगको ठूलो कदमको भाग हो, जसले मानिसहरुलाई महान, उच्च गुणस्तरको एकाउण्ट फलो गर्न र ती सिर्जनशिलहरुले अडियन्सहरुसँग सम्पर्क गर्नका लागि हो ।

ट्वीटर प्रयोगकर्ताहरुले यहाँ गएर आवेदन गर्न सक्नुहुनेछ भने भेरिफाईडको बारेमा यहाँ जानकारी लिन सकिनेछ ।

प्रकाशित: ६ श्रावण २०७३, बिहीबार

तपाइको प्रतिक्रिया