मेजू एमएक्स सिक्स सार्वजनिक, ५.५ इन्चको डिस्प्ले र ४ जीबी र्याम

Technology Khabar ५ श्रावण २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, ५ साउन । मेजूले नयाँ स्मार्टफोन एमएक्स सिक्स (MX6) सार्वजनिक गरेको छ । कम्पनीले चीनको बेईजिंगमा आयोजित कार्यक्रममा नयाँ स्मार्टफोन मंगलवार सार्वजनिक गरेको हो ।

यो स्मार्टफोनमा मेटल यूनिबडी रहेको छ भने रिफाइन्ड एन्टेना ब्याण्ड प्रयोग गरिएको छ । मेजूको एमएक्स सिक्स स्मार्टफोनमा ५.५ इन्चको डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १०८० पीक्सेल रहेको छ भने २.५ डी (2.5D) ग्लास प्रयोग गरिएको छ ।

मेजू एमएक्स सिक्समा डेका कोर हेलियो एक्स२० (Helio X20) चीपसेट प्रोसेसर राखिएको छ भने माली टि८८०एमपीफोर (Mali-T880MP4) जीपीयू प्रयोग गरिएको छ । यो स्मार्टफोनमा ४ जीबीको र्याम छ भने ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ । meizu-mx6-01

यो फोनमा १२ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ, जसमा सोनी आईएमएक्स ३८६ (IMX386) सेन्सर रहेको छ । यसमा फेज डिटेक्सन, अटोफोकस, र ड्यूल टोन फ्ल्याश रहेको छ । मेजूले यस्तो सेन्सर प्रयोग गर्ने पहिलो फोन भएको बताएको छ । त्यसैगरी सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

यो स्मार्टफोनमा ड्यूल सिम प्रयोग गर्न सकिन्छ भने एलटिई कनेक्टिभिटी रहेको छ । त्यस्तै ३०६० एमएएच ब्याट्री राखिएको यस फोनमा फास्ट २४ वाट चार्जिंग राखिएको छ । Meizu MX6

मेजूको एमएक्स सिक्स मार्शमाल्लोमा आधारित फ्लेममा संचालन हुनेछ भने यसमा ग्रे, गोल्ड, र सिल्भर कलरमा उपलब्ध हुनेछ ।

मेजूको यो स्मार्टफोन हाल चीनमा मात्र उपलब्ध रहेको छ जसको मूल्य १,९९९ यूआन अर्थात करिब २९९ अमेरिकी डलर तोकिएको छ । यो स्मार्टफोन मंगलबारदेखि नै दर्ताका लागि खोलिएको छ भने जूलाई ३० देखि बिक्री शुरु गर्नेछ ।

मेजूले यसका साथै लूप ज्याकेट एसेसरिज जून फ्लिप केस हो, यसको मूल्य ९९ यूआन अर्थात १५ अमेरिकी डलर छ भने लाईफमी ब्लूटूथ स्पीकरको मूल्य ३९९ यूआन अर्थात ६० डलर तोकेको छ ।

प्रकाशित: ५ श्रावण २०७३, बुधबार

तपाइको प्रतिक्रिया