Technology Khabar ४ श्रावण २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, ४ साउन । सामसंगले नेपाली बजारमा जे सिरिजअन्तरगतको नयाँ स्मार्टफोन ग्यालेक्सी जे टू (Galaxy J2) सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी जे टूको २०१६ औं संस्करण सार्वजनिक गरेको हो ।
सामसंगले टर्बो स्पिड टेक्नोलोजी र स्मार्ट ग्लो प्रविधिसहितको जे टू स्मार्टफोन सार्वजनिक गरेको हो । यो प्रविधि कम्पनिले पहिलो पटक स्मार्टफोनमा प्रयोग गरेको दाबी गरेको छ ।
नयाँ फोनले फोरजी सपोर्ट गर्दछ भने टर्बो स्पिड टेक्नोलोजी (Turbo speed technology) र स्मार्ट ग्लो (Smart glow) लगायतका फीचर राखिएका छन् । यसमा रहेको टर्बो स्पीडले अन्य स्मार्टफोनहरुको तुलनामा एप्स लोड हुने समयलाई ४० प्रतिशतले घटाउने उल्लेख गरेको छ । सामसंग नेपालका एचएचपी विभाग प्रमुख प्रणय रत्न स्थापितले भने, ‘एप्सको बढ्दो प्रयोग, मल्टिटास्किंगको आवश्यकतालगायतका कारण सामसंगका इन्जिनियरहरुले टर्बो स्पिड टेक्नोलोजीको विकास गरेका हुन् ।’
टर्बो स्पिड टेक्नोलोजी र स्मार्ट ग्लो प्रविधिसहितको जे टू स्मार्टफोन
सामसंगको ग्यालेक्सी जे टू २०१६ भर्सनमा अल्ट्रा डाटा सेभिंग, अल्ट्रा पावर सेभिंग मोड्स, सेल्फी एसिस्ट र क्विक लन्च एप्सलगायतका प्रविधि राखिएको कम्पनीले जानकारी दिएको छ । यसको अल्ट्रा डाटा सेभिंग फीचरले एप्लिकेशनले प्रयोग गर्ने ब्याकग्राउण्ड डाटा रोकेर करिब ५० प्रतिशतसम मोबाइल डाटाको बचत गराउने बताईएको छ । त्यस्तै यसमा डाटा कम्प्रेशन प्रविधि पनि उपलब्ध रहेको कम्पनीका निलन महतद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गेयालेक्सी जे टू २०१६ को मूख्य विशेषताहरु
जे टू स्मार्टफोनमा ५ इन्चको एचडी सूपर एमालेड डिस्प्ले राखिएको छ भने यो १.५ गीगाहर्जको क्वाड कोर प्रोसेसरमा संचालन हुन्छ । यसमा १.५ जीबीको र्याम रहेको छ भने यसमा केबल ८ जीबीको आन्तरिक स्टोरेज मात्र छ । यसको स्टोरेजलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।
क्यामरा
सामसंग ग्यालेक्सी जे टू २०१६ भर्सनमा यसअघि सार्वजनिक भएको २०१५ भर्सनको भन्दा सुधार गरिएको क्यामरा राखिएको छ । जे टू २०१६ मा ८ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसअघिको भर्सनमा ५ मेगापिक्सेलको रियर तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको थियो । यसमा एचडी क्वालिटिको भिडियो रेकर्ड गर्न सकिन्छ ।
रियर क्यामराको वरपर रहेको एलईडी रिंगमा आवश्यकता अनुसार अत्यावश्यक नोटिफिकेशन
स्मार्ट ग्लो प्रविधि
यो फोनमा राखिएको स्मार्ट ग्लो प्रविधि नयाँ पुस्ताको एलईडी नोटिफिकेशन (LED notification) प्रणाली हो । ‘नोटिफिकेसनको उचित व्यवस्थापन गरी उपभोक्तालाई स्मार्टफोन चलाउनुको वास्तविक मज्जाको अनुभव दिने सोचका साथ यो प्रविधिको विकास गरिएको हो । रियर क्यामराको वरपर रहेको एलईडी रिंगमा आवश्यकता अनुसार अत्यावश्यक नोटिफिकेशन तथा कन्ट्याक्टको चयन गरि प्रयोगकर्ताले आफु अनुकुल परिमार्जन समेत गर्न सकिने व्यवस्था गरिएको छ,’ सामसंग नेपालले भनेको छ, ‘चार वटा अलर्ट सेट गर्न सकिने यो प्रविधिको प्रयोगका लागि प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार रंग बनाउने तथा छनौट गर्ने अवसर पाउँछन् । ब्याट्रि, आन्तरिक मेमोरी तथा मोबाइल डाटा कम हुँदा यसले प्रयोगकर्तालाई सजग समेत गराउँछ ।’
अन्य विशेषताहरु
यो स्मार्टफोन एन्ड्रोयडको पछिल्लो अपरेटिंग सिस्टम मार्शमाल्लो ६.०.१ ( Marshmallow 6.0.1) भर्सनमा आधारित रहेको छ । त्यस्तै यसमा कनेक्टिभिटीका लागि ब्लूटूथ ४.१ भर्सन, यूएसबी २.० भर्सन, जीपीएस, वाईफाईलगायतका सुविधा छन् ।
ड्यूल माइक्रो सिम प्रयोग गर्न सकिने ग्यालेक्सी जे टू २०१६ स्मार्टफोनमा २६०० एमएएचको ब्याट्री राखिएको छ ।
कालो, सिल्भर र सुनौलो तीन रंगमा उपलब्ध हुने सामसंग ग्यालेक्सी जे टू २०१६ स्मार्टफोनको मूल्य १५ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । तस्विरः गूगलबाट
प्रकाशित: ४ श्रावण २०७३, मंगलवार