नोकियाको एन्ड्रोयडमा आधारित स्मार्टफोन आउँदै, २२ मेगापिक्सेलको रियर क्यामरा

Technology Khabar ४ श्रावण २०७३, मंगलवार

काठमाडौं ।

काठमाडौं, ४ साउन । नोकियाले दुईवटा नयाँ स्मार्टफोनहरु बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले एन्ड्रोयडमा आधारित दुईवटा फोनहरु बजारमा ल्याउन लागेको हो ।

नोकिया मोबाइल फोन ब्राण्डमा आधारित भएर नयाँ स्मार्टफोनहरु आउन लागेको रिपोर्टहरुमा उल्लेख छ । नोकिया ब्राण्डमा एचएमडी ग्लोबल ओवाईले (HMD Global Oy) नयाँ फोनहरु ल्याउन लागेको हो । यो कम्पनीले यत मे महिनामा माइक्रोसफ्टबाट नोकिया ब्राण्ड खरिद गरेको थियो र नोकियाको मोबाइल फोन बिजनेसलाई अधिग्रहण गरेको थियो ।

हालै लीक भएका जानकारीहरु अनुसार नोकियाको दुईवटा डिभाइसहरु फरक फरक साइजमा आउने छन् । एउटा ५.२ इन्चको डिस्प्ले मोडल छ भने अर्को ५.५ इन्चको मोडल रहेको छ । दुबै मोडलका फोनहरु टूके (2K) डिस्प्ले रिजोल्यूशनसहित हुनेछन् । यी फोनहरुमा एन्ड्रोयडको हालै नाम राखिएको एन्ड्रोयड नुगेट ७.० (Android Nougat 7.0) भर्सनमा आधारित जेड लन्चर सिस्टम यूआई (Z-launcher system UI) रहनेछ ।nokia

दुबै फोनहरुमा स्न्यापड्रयागन ८२० चीपसेटमा संचालन हुनेछन भने आईपी ६८ (IP68) वाटरप्रुफ एण्ड डस्टप्रुफ प्रोटेक्सनसहितको अल मेटल बडि हुनेछ ।

त्यस्तै अन्य जानकारीहरु अनुसार नोकिया फोनमा २२.६ मेगापिक्सेलको मूख्य क्यामरा हुनसक्नेछ । यसको ५.५ इन्च डिस्प्ले मोडलको मूल्य करिब ३,००० यूआन अर्थात ५०० अमेरिकी डलर हुनसक्ने अनुमान गरिएको छ ।

माध्यम

प्रकाशित: ४ श्रावण २०७३, मंगलवार

तपाइको प्रतिक्रिया