शाओमीको लामखुट्टे भगाउने मस्क्यूटो रेपेलेन्ट, पावर ब्यांकमा जोडेर प्रयोग गर्न सकिने

Technology Khabar २ श्रावण २०७३, आईतवार

काठमाडौं ।

काठमाडौं, २ साउन । चीनियाँ कम्पनी शाओमीले (Xiaomi) विभिन्न विद्युतिय उपकरणहरु पनि सार्वजनिक गर्दै आएको छ । कम्पनीले हालै मिजीआ (Mijia) प्रोडक्ट पोर्टफोलियो अन्तरगत चीनमा लामखुट्टे भगाउने डिभाइस सार्वजनिक गरेको छ  ।

शाओमीले हालै स्मार्ट होम अप्लाइन्स सार्वजनिक गरेको हो । यो इलेक्ट्रिक मस्क्यूटो रेपेलेन्ट (Electric Mosquito repellent) प्रयोग गर्न निकै सहज र सजिलो रहेको कम्पनीले बताएको छ ।

यसमा लामखुट्टे भगाउनका लागी ९० डिग्रीको म्याट प्रयोग गरिएको छ । यूजर्सले यसलाई माइक्रो यूएसबीको माध्यमबाट पावर ब्यांकमा लगाएर लामखुट्टे भगाउन सक्नेछन् ।

कम्पनीले यो डिभाइसलाई शाओमीको आफ्नै १०,००० एमएएचको पावर ब्यांकमा कनेक्ट गरेर लगातार १५.७ घण्टा तथा २०,००० एमएएचको पावर ब्यांकमा जोडेर २८.२ घण्टासम्म प्रयोग गर्न सक्ने दाबी गरेको छ ।

लामखुट्टे भगाउने शाओमीको इलेक्ट्रिक डिभाइसको तौल २५ ग्राम मात्र रहेकोछ भने यसको मूल्य कम्पनीले २९ यूआन अर्थात करिब ४७५ रुपैयाँ तोकेको छ । हाल यो डिभाइस चीनमा मात्र उपलब्ध रहेको छ भने अन्य बजारमा कहिले आउँछ भन्ने कुनै जानकारी छैन् ।

प्रकाशित: २ श्रावण २०७३, आईतवार

तपाइको प्रतिक्रिया