फेसबुक म्यासेन्जरमा अब इन्स्टान्ट आर्टिकल्स

Technology Khabar २ श्रावण २०७३, आईतवार

काठमाडौं ।

काठमाडौं, २ साउन । फेसबुकले गत वर्ष मात्रै इन्स्टान्ट आर्टिकल्स फिचर सार्वजनिक गरेको थियो, जुन केहि प्रकाशन सहकर्मीहरुका साथमा आएको थियो । यो पछि धैरै मिडिया कम्पनीहरुलाई इन्स्टान्ट आर्टिकल्स फिचरमा समावेश गरेको थियो ।

अहिले फेसबुकले म्यासेन्जर एप्सका लागि इन्स्टान्ट आर्टिकल्स फिचर घोषणा गरेको छ । यो फिचर पहिलो चरणमा एन्ड्रोयड भर्सनमा मात्र उपलब्ध हुनेछ भने आगामी केहि साताहरुमा आईओएसका लागि पनि उपलब्ध हुनेछ ।Facebook instant articles

यो फिचर फेसबुक एपमा भएको जस्तै गरि म्यासेन्जरमा उपलब्ध हुनेछ । जब तपाईँले म्यासेन्जरमा लिंकमा क्लिक गर्नुहुन्छ, त्यसले तपाईँलाई इन्स्टान्ट आर्टिकल्सतर्फ देखाउने छ र अन्त्यमा तपाईँलाई सम्बन्धित आर्टिकल प्रस्तुत गर्नेछ । यदि प्रकाशकको लिंकमा देखाउँदैन भने त्यो इनएबल इन्स्टान्ट आर्टिकल हो भनेर बुझ्नुपर्दछ, जुन केहि पनि परिवर्तन हुँदैन् ।

फेसबुकमा भएजस्तै इन्स्टान्ट आर्टिकल्स खोल्नका लागि लाइटिंग बोल्ट आइकन दिएको हुन्छ । फेसबुकले म्यासेन्जरमा भएको इन्स्टान्ट आर्टिकल्स खोल्न स्ट्याडण्र्ड मोबाइल वेब आर्टिकल भन्दा १० गुणा छिटो हुने बताएको छ ।

यो फिचर हाल सबैलाई उपलब्ध छैन किनकी फेसबुकले कुनै नयाँ फिचर सार्वजनिक गरेपछि त्यो सबैसमक्ष पुग्न कयौं साता लाग्ने गर्दछ ।

स्रोत माध्यम

प्रकाशित: २ श्रावण २०७३, आईतवार

तपाइको प्रतिक्रिया