ह्वावेको अनर एट सार्वजनिक, २.५ डि डबल ग्लास बडि

Technology Khabar २८ असार २०७३, मंगलवार

काठमाडौं ।

काठमाडौं, २८ असार । ह्वावेले नयाँ स्मार्टफोन अनर ८ (Honor 8) सार्वजनिक गरेको छ । यो कम्पनीको मिड रेन्जको फ्ल्यागशिप स्मार्टफोन हो ।

नयाँ स्मार्टफोनमा कम्पनीले डिजाइनका लागि महत्व दिएको छ । यसअघि नै अनुमान गरिएअनुसारको २.५डी डबल ग्लास (2.5D double glass) बडिसहित अनर ८ सार्वजनिक गरेको छ । यसले अनर ८ लाई प्रिमियम लूक दिएको छ ।

त्यस्तै यसमा ड्यूल क्यामरा सेटअप रहेको छ जसमा लेजर फोकस छ भने ड्यूल एलईडी फ्ल्याश मोड्यूल राखिएको छ ।honor-8-official-02

ह्वावेको अनर ८ स्मार्टफोनमा २.३ गीगाहर्जको किरिन ९५० अक्टा-कोर प्रोसेसर राखिएको छ भने यसको र्याम अप्सन फरक फरक रहेको छ । एउटा अप्सन ३ जीबी र्याम र ३२ स्टोरेज छ भने अर्कोमा ४ जीबी र्याम र ३२ जीबी स्टोरेज तथा ६४ जीबी स्टोरेज रहेको छ ।

अनर एट स्मार्टफोनमा ५.२ इन्चको फूलएचडी डिस्प्ले राखिएको छ भने पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर रहेको छ । honor-8-official-01

यो स्मार्टफोनमा ड्यूल रियर क्यामरा सेटअप रहेको छ, जसमा दुईवटा १२ मेगापिक्सेलको रियर क्यामरा छ, जसमा एउटा आरजीबी सेन्सर र अर्को ब्ल्याक एण्ड ह्वाइट सेन्सर रहेको छ । यो दुबै सोनीका आईएमएक्स २८६ सेन्सर हुन् । त्यस्तै सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यो फोनले १०८० पिक्सेलमा फूलएचडी भिडियो खिच्न सक्दछ ।

ह्वावेको अनर एटमा कनेक्टिभिटीका लागि फोरजी, एलईटिई, एनएफसी, ड्यूल सिम स्ट्याण्डबाई रहेको छ । यो स्मार्टफोन एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनमा आधारित रहेको छ । यसको तौल १५३ ग्राम र मोटाई ७.५ मिलिमिटर रहेको छ ।

प्रकाशित: २८ असार २०७३, मंगलवार

तपाइको प्रतिक्रिया