Technology Khabar २४ असार २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २४ असार । दक्षिण कोरियाली कम्पनी नेक्सनले नयाँ गेम आरपीजी हिट १सय ४० मुलुकहरुमा सार्वजनिक गरेको छ ।
दक्षिण कोरियाको प्रसिद्ध मोबाइल फोन गेम निर्माता नेक्सन कम्पनीले आरपीजी हिट (RPG HIT) गेम विश्वभर १ सय ४० देशमा सार्वजनिक गरेको हो । मोबाइल प्लेटफर्मका लागि ल्याईएको एक्सन गेम आरपीजी हिट गत अप्रिलमा दक्षिण कोरियामा मात्रै ५ लाख डाउनलोड भएको थियो ।
कोरियामा यस गेमको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर विश्वका १ सय ४० मुलुकहरुमा १० भाषामा गेम सार्वजनिक गरिएको कम्पनीले बताएको छ । कम्पनीले अंग्रेजी, चीनियाँ, जर्मन र फ्रेन्स भाषासहित १० भाषामा गेम सार्वजनिक गरेको हो ।
कम्पनीले आगामी दिनमा यो गेमलाई प्रबद्र्धन गर्न टेलिभिजन विज्ञापन, यूट्यूब र इन्टरनेटमार्फत बजारीकरण गर्ने जानकारी दिएको छ ।
कम्पनीले यो गेम आईओएस र एन्ड्रोयड दूबै भर्सनमा ल्याएको छ । यसको लागी एन्ड्रोयडमा ४.१.० भर्सनभन्दा माथि हुनुपर्नेछ भने कम्तीमा १.५ जीबी र्याम तथा १.४ गीगाहर्ज क्वाड कोर हुनुपर्नेछ । त्यसैगरी १.३ जीबीको स्टोरेज डाउनलोड गर्दा हुनुपर्दछ ।
यहि जूलाई ५ तारिखमा अपडेट भएको गेमको साइज ४७ एमबी छ भने हाल अधिकतम ५ हजार डाउनलोड भएको प्ले स्टोरमा उल्लेख छ ।
प्रकाशित: २४ असार २०७३, शुक्रबार