एनसेलको ‘ईन्डिया कलिङ्’ योजना, भारत फोन गर्न रु १.९९ प्रति मिनेट

Technology Khabar २२ असार २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, २२ असार । एनसेलका सबै ग्राहकले अब भारतमा अझ सुलभ शुल्कमा कुरा गर्न सक्नेछन् । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले  घटाउँदै, आफ्ना ग्राहकका लागि ‘ईन्डिया कलिङ्’ योजना ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकले अब कर बाहेक मात्र रु १.९९ प्रति मिनटेमा भारतमा कल गर्न सक्ने एनसेलले जानकारी दियो ।

यस अघि भारतका लागि कल महशुल कर बाहेक रु २.९९ प्रति मिनेट थियो । ईन्डिया कलिङ योजना असार २२ गतेदिख तीन महिनाका लागि लागु हुनेछ । यस योजना अन्तर्गत एनसेलका प्रिपेड र पोष्टपेड सबै ग्राहकले अब कर बाहेक फ्ल्याट मात्र रु १.९९ प्रति मिनेटमा भारतको कुनै पनि नेटवर्कमा कुरा गर्न सक्ने बताईएको छ ।

ग्राहकले *१७१०७# डायल गरी यो योजनामा निशुल्क सहभागी भई सुलभ दरको लाभ लिन सक्छन् । साथै ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो योजना सुचारु गर्न सक्छन् ।

“यो योजनाले हाम्रा ग्राहकलाई भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाई र  व्यावसायीक साझेदारहरुसँग अझ सुलभ शुल्कमा कल गरी सम्पर्कमा रहिरहन सहयोग पुर्याउने छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

योजनामा सहभागी भएका ग्राहकले अंग्रजीमा ‘आर’ टाइप गरी १७१०७ मा एसएमएस पठाई यो योजनाबाट बाहिरीन पनि सक्ने जारि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २२ असार २०७३, बुधबार

तपाइको प्रतिक्रिया