Technology Khabar १७ असार २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १७ असार । क्लक बी बिजनेश इन्नोभेसन्सले राजधानीमा ‘बिजनेश नेटवर्किङ आवर कन्फरेन्स’ आयोजना गरेको छ । उद्यम व्यवसायमा लागेका व्यवसायीका व्यवसाय अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कन्फ्रेन्समा नेपालभरीबाट ६ सयजना भन्दा बढी सहभागी थिए ।
कन्फरेन्सको की नोट स्पिकरमा नेपालका एकमात्र अर्बपति बिनोद चौधरी, बैंकर अनिलकेशरी शाह, पत्रकार रविन्द्र मिश्र, बाजेको सेकुवाका प्रमख चेतन भण्डारी, ठमेल डटकमका संस्थापक बालकृष्ण जोशी, प्रिज्मा एडभर्टाइजिङका प्रबन्ध निर्देशक रञ्जित आचार्य, वृहत् ग्रुपका कार्यकारी प्रमुख ओम राजभण्डारीले नेपाल उद्यमशीलताका लागि उर्जाशील ठाउँ रहेको धारणा राखे । उनीहरुले समस्यालाई सकारात्मक रुपमा बझ्न सक्नेले मात्रै अवसर देख्न सक्ने बताए ।
‘व्यवसायमा सफल हुन चाहनेहरुले दिउँसै सपना देख्न सक्नुपर्छ,’ खर्बपति चौधरीले भने । त्यस्तै कन्फरेन्समा भेन्चर्स क्यापिटालिस्टको रुपमा सिम्रिक एयरलाइन्सका प्रमुख रामेश्वर थापा, सुस्मित ग्रुपका प्रबन्ध निर्देशक सुशील पोखरेल र टिबिआई ग्रुपका प्रबन्ध निर्देशक शिशिर भट्टले नेपालमा स्टार्टाअप बिजनेशको सम्भावना र लगानीमैत्री वातावरणका बारेमा आआफ्ना भनाइ राखेका थिए । उनीहरुसँग सहभागीले लगानीको सम्भावनाबारे अन्तक्र्रिया गरेका थिए । ‘ब्यवस्थापन, ब्यवसाय विस्तार सम्भावना, प्रतिफलको मात्रा र लगानी फिर्ता लिने सहज रणनीति स्टार्ट अप कम्पनीका लागि महत्वपूर्ण हन्छ,’ सुस्मितका प्रबन्ध निर्देशक पोखरेलले भने ।
नेपालभरीबाट विभिन्न क्षेत्रका प्रोफेसनलहरु, आन्टरप्रनियरहरु, विद्यार्थीलगायतको सहभागिता रहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १७ असार २०७३, शुक्रबार