माइक्रोम्याक्स क्यानभास सिक्स बजारमा, ३ जीबी र्याम र ५.५ फूलएचडी डिस्प्ले

Technology Khabar १५ असार २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, १५ असार । माइक्रोम्याक्सले बजारमा क्यानभास सिक्स (Canvas 6) स्मार्टफोन भित्र्याएको छ । कम्पनीले यो साताको शुरुवातदेखि नै बजारमा क्यानभास सिक्स फोन उपलब्ध गराएको हो ।

कम्पनीले ई४८५ (E485) मोडल नम्बरमा सार्वजनिक गरेको क्यानभास सिक्स स्मार्टफोनमा १.३ गीगाहर्जको अक्टा कोर प्रोसेसर राखिएको छ भने यसमा ३ जीबीको र्यामका साथमा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसको स्टोरेजलाई माइक्रो एसडीद्धारा ३२ जीबीसम्म बढाउन सकिनेछ ।

माइक्रोम्याक्स क्यानभास सिक्समा ५.५ इन्चको फूल एचडी डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १२८०x१०८० पिक्सेल रहेको छ ।
यसमा १३ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने यसमा वाईड एंगल लेन्स प्रयोग गरिएको छ । त्यस्तै ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा थ्री एक्सीस फीचर रहेको छ ।

एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित यो स्मार्टफोनमा ३,००० एमएएचको ब्याट्री रहेको छ । यसमा ड्यूल सिम सपोर्ट गर्दछ भने फोरजी फोनको रुपमा आएको छ ।Image

माइक्रोम्याक्स क्यानभास सिक्समा कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ लगायतका सुविधा पनि छन् ।

कम्पनीले साताको शुरुदेखि नै बजारमा सार्वजनिक गरेपनि हालै मात्र औपचारिकरुपमा यो फोनको घोषणा गरेको छ । कम्पनीका नेशनल सेल्स म्यानेजर भूपाल क्षेत्रीले मोबाईल्सखबरसँगको कुराकानीमा माइक्रोम्याक्स क्यानभास सिक्सले स्थानिय बजारमा माइक्रोम्याक्सको बजार हिस्सा बढाउन सहयोग गर्ने आशा व्यक्त गरे । उनले भने, ‘यो निकै ससक्त फोन हो, यसले बजारमा सकारात्मक प्रभाव पार्ने आशा छ ।’

कम्पनीले क्यानभास सिक्सको मूल्य रु.२३६५०/– तोकेको छ ।

प्रकाशित: १५ असार २०७३, बुधबार

तपाइको प्रतिक्रिया