Technology Khabar १४ असार २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, १४ असार । सामसंगको नयाँ डिभाईस ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) आउने चर्चा निकै दिनदेखि रहेको छ । यहि अगस्टमा सार्वजनिक हुनसक्ने नोट सेभेनको विभिन्न जानकारीहरु अहिले स्पष्टरुपमा बाहिर आएका छन् ।
यसअघि नोट सिक्स हुने वा सेभेन हुने चर्चाका बिच सामसंगले ग्यालेक्सी नोट सेभेन नाममा नयाँ डिभाईस ल्याउने भएको छ । त्यसैगरी नयाँ नोट फोनमा ५.७ इन्चको क्यूएचडी सूपर एमोलेड (QHD Super AMOLED) डिस्प्ले राखिने भएको छ । त्यसैगरी ग्यालेक्सी नोट सेभेनमा १२ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ ।
हालै विभिन्न फोनहरुको बारेमा जानकारी लीक गरिरहने ईभान ब्लासले लीक गरेको जानकारीअनुसार यो नोटमा ६४ जीबीको इन्टरनल स्टोरेज राखिने छ । यो फोन वाटर रेटिस्ट तथा डस्ट रेटिस्ट हुने बताईएको छ, जसले आईपी ६८ सर्टिफिकेट पाएको छ । त्यसैगरी यसमा माईक्रो एसडी कार्ड पनि प्रयोग गर्न सकिने सुविधा रहेको छ ।
लीक भएको जानकारीअनुसार नयाँ नोटमा आईरिस स्क्यानर (Iris Scanner) पनि राखिने छ । सामसंगको फ्ल्यागशिप ग्यालेक्सी नोट सेभेन ब्ल्याक, सिल्भर, ब्लू कलर अप्सनमा उपलब्ध हुनेछ ।
ग्यालेक्सी नोट सेभेन यहि अगस्टको पहिलो साता संभवत २ तारिखमा सार्वजनिक हुने अनुमान गरिएको छ ।
यसअघि सार्वजनिक यो फोनमा २.३ गीगाहर्जको क्वाड कोर स्न्यापड्रयागन ८२१ प्रोसेसर तथा सामसंगकै आफ्नै एक्सनोज ८८९३ चीपसेट उपलब्ध हुनेछ । त्यस्तै यसमा ६ जीबीको र्याम हुने छ भने ४,००० एमएएच ब्याट्री प्याक हुने बताईएको छ ।
प्रकाशित: १४ असार २०७३, मंगलवार