राष्ट्रिय रोबोट प्रतियोगिता सम्पन्न

Technology Khabar १४ असार २०७३, मंगलवार

काठमाडौं ।

काठमाडौं, १४ असार । सैनिक खेलकुद तथा शारीरिक तालिम केन्द्र, लगनखेलमा आयोजित “IOE RoboCon 2016 मुस्ताङको यात्रा” राष्ट्रिय रोबोट प्रतियोगिता सम्पन्न भएको छ। सहभागी नौ टिमहरुमध्येबाट ख्वपा ईन्जिनियरिङ कलेज भक्तपुरले फाइनलमा पूर्वाञ्चल क्याम्पस, धरानलाई ५५० का विरुद्ध ७०० अङ्कले हराउँदै उपाधि हात पारेको छ।

प्रतीकात्मक रुपमा तराईको भण्डारबाट संचार उपकरण र नुन क्रमशः पोखरा र  मुस्ताङमा लगेर खेल्नुपर्ने खेलको नियम थियो। लीग र नकआउट प्रक्रियामा खेलाइएको खेलमा काठमाडौँ विश्वविद्यालयको टिमलाई हराउँदै एडभान्सड कलेजको ए टीम तेस्रो भएको थियो। विजेता टिम र दोस्रो र तेस्रो टिमका केही प्रतिनिधिले यसपाली भदौमा बैङककमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा अवलोकनकर्ताका रुपमा सहभागि हुन पाउने बताईएको छ ।_DSC4624

ईन्जिनियरिङ अध्ययन संस्था अन्तरगतको व्यवसायीक अनुसन्धान तथा विकास केन्द्र (CARD) द्वारा आयोजना गरिएको यस प्रतियोगिताको उद्देश्य रोबोटिक्सको स्तर उत्थान गर्न र निकट भविष्यमा नेपालमा पनि अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता आयोजना गर्न सकिनेछ भन्ने रहेको छ।

सामसुङ र ई एन टी द्वारा प्रायोजित यस कार्यक्रममा नेपाली सेना, नेपाल वायुसेवा निगम, नेपाल दूरसंचार प्राधिकरण, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (नास्ट) को सहआयोजना रहेको थियो ।

प्रकाशित: १४ असार २०७३, मंगलवार

तपाइको प्रतिक्रिया