Technology Khabar १४ असार २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, १४ असार । सेञ्चुरी कमर्सियल बैंकले तोकिएको चुक्ता पूँजी पुर्याउन क्षेत्रिय रुपमा रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेडलाई अक्वायर गर्ने भएको छ । बैंकले प्राप्ती सम्बन्धी कार्य २०७३ पौष मसान्तभित्र सम्पन्न गरी एकिकृत कारोबार गर्ने लक्ष्य लिएको छ ।
सेञ्चुरी बैंकले आ.व. २०७२÷७३ को चैत्र मसान्त सम्म कुल पूँजी रु. २.८४ अर्व रहेको छ भने थप ८५ करोडको हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता गरेको छ । त्यसैगरी, बैंकको कुल निक्षेप रु.२६.०१ अर्व र कर्जा रकम रु. २२.८३ अर्व परिचालन गरी रु. ३४.५० करोड सञ्चालन मुनाफा आर्जन गरेको जनाएको छ ।
बैंकले ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेडले आ.व. २०७२/७३ को चैत्र मसान्त सम्म कुल पूँजी रु. २९.०५ करोड, कुल निक्षेप रु.२.१९ अर्व र कर्जा रकम रु. १.७५ अर्व परिचालन गरी रु. ५.२० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त बैंकको केन्द्रीय कार्यलय भैरहवा रही ९ वटा शाखा कार्यलयहरु सञ्चालनमा रहेको जनाएको छ ।
प्रकाशित: १४ असार २०७३, मंगलवार