
काठमाडौं ।
काठमाडौं, ७ असार । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । जस अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले अब ३० मिनेट अन–नेट टक टाइम कर सहित मात्र रु ८ मा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो भ्वाइस प्याक योजना असार ८ गतेदेखि लागु हुने कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ३० मिनेट अन–नेट टक टाइम रहेको भ्वाईस प्याक कर सहित मात्र रु ८ मा खरिद गर्न सक्छन् र प्याक सुचारु भए पछि कर सहित मात्र २७ पैसा प्रति मिनेटमा एनसेलको अन्य कुनै पनि नम्बरमा कुरा गर्न सक्छन् । यो प्याक सुचारु गरेको समयबाट २४ घण्टाका लागि मान्य हुनेछ र ग्राहकले बिहान ५.०० बजे देखि बेलुका ५.०० सम्ममा यो सेवा प्रयोग गर्न सक्ने कम्पनीको भनाई छ ।
एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्ने र आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याक लिन सकिने बताईएको छ ।
“आफ्ना प्रिपेड ग्राहकका लागि कर सहित २७ पैसा प्रति मिनेटको दरमा एनसेलको अन्य नम्बरमा कल गर्न सकिने यो आकर्षक प्याक ल्याउन पाउँदा हामी हर्षित छौ ।,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । ग्राहकले पनि एस्ट्रिक्स् ९०१ ह्यास डायल गरी आफ्नो बाँकी टक टाइमको जानकारी लिन सक्छन् । यो योजना ९० दिनको लागी लागु हुने बताईएको छ ।
यस अघि ल्याईएको दैनिक र साप्ताहिक भ्वाईस प्याकहरुलाई पनि एनसेलले स्थाई बनाएको छ । जस अन्तर्गत ग्राहकले दैनिक भ्वाईस प्याकमा कर सहित रु १ रुपैयाँ र साप्ताहिक भ्वाईस प्यार्कमा कर सहित ८६ पैसा प्रति मिनेटमा कुरा गर्न सक्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ७ असार २०७३, मंगलवार