Technology Khabar ७ असार २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, ७ असार । सेञ्चुरी कमर्सियल बैँकले सेञ्चुरी भिसा क्रेडिट कार्डको शुरुवात गरेको छ । ग्राहकहरुले गोल्ड र क्लासिक दुई प्रकारका क्रेडिट कार्डको सुविधा लिन सक्ने छन् ।
ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सेञ्चुरी बैँकले भिसा क्रेडिट कार्डको सेवा बैंकको ३१ वटै शाखाहरुबाट उपलब्ध गराउने जनाएको छ ।
आ.व. २०७२/७३ को चैत्र मसान्तसम्म बैंकले कुल निक्षेप रु. २६.०१ अर्व र कर्जा रकम रु. २२.८३ अर्व परिचालन गरी रु. ३४.५० करोड सञ्चालन मुनाफा र रु. २३.२४ करोड खुद मुनाफा आर्जन गरेको छ ।
बैंकले हालसम्ममा ३१ वटा शाखा, २८ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
प्रकाशित: ७ असार २०७३, मंगलवार