पेबलको स्पेशल एडिसनका स्मार्टवाचहरु, अलवेज अन डिस्प्ले फीचर

Technology Khabar ३ असार २०७३, शुक्रबार

काठमाडौं ।

काठमाडौं, ३ असार । पेबलले दुईवटा नयाँ स्मार्टवाच सार्वजनिक गरेको छ । यी दुई स्मार्टवाचहरु गोल्ड एण्ड सिल्भर कलर अप्सनमा रहेका छन् ।

पेबलले किकस्टार्टर क्याम्पेनअन्तरगत दुईवटा टाइम राउण्ड स्मार्टवाच (Pebble Time Round smartwatch) सार्वजनिक गरेको हो । यी स्मार्टवाच कम्पनीको किकस्टार्टर क्याम्पेनबाट (kickstarter campaign) खरिद गर्न सकिन्छ ।

यी स्मार्टवाचहरुको डिस्प्ले गोलाकार रहेको छ जसमा मरिन ग्रेट स्टीलनेस स्टील चेसिस राखिएको छ । त्यस्तै यसमा जेन्यून लेदर ब्याण्ड छ भने क्वीक रिलिज पीन्ससहितको स्पोर्टस म्याचिंग क्ल्याप्स छन् ।

कम्पनीले यी स्मार्टवाचको खरिदमा विभिन्न अफरहरु पनि दिने जानकारी दिएको छ । स्पेसल एडिसनका यी स्मार्टवाचहरुको मूल्य कम्पनीले १९९ अमेरिकी डलर राखेको छ भने अफरअन्तरगत दुईवटा पेबल स्मार्टवाच खरिद गर्दा २९८ अमेरिकी डलरमा एउटा पेबल टाइम राउण्ड स्मार्टवाच तथा थप अर्को पेबल टू (Pebble 2) किन्न सकिनेछ ।

यी स्मार्टवाचमा हर्ट रेट, थ्रीजी, जीपीएस, म्यूजिकलगायतका फीचरहरु पनि राखिएको छ । यसमा दुईदिनसम्मको ब्याकअप दिने ब्याट्री प्याक छ भने अलवेज अन डिस्प्लेको सुविधा पनि छ ।

कम्पनी जून ३० सम्म खरिद गर्नेलाई कम्बो अफर दिनेछ ।

स्रोत माध्यम

प्रकाशित: ३ असार २०७३, शुक्रबार

तपाइको प्रतिक्रिया