जियोनीको एस सिक्स प्रो स्मार्टफोन, यूएसबी टाइप सी पोर्ट तथा फिंगरप्रिन्ट सेन्सर

Technology Khabar ३२ जेष्ठ २०७३, मंगलवार

काठमाडौं ।

काठमाण्डौं, ३२ जेठ । चीनियाँ स्मार्टफोन मेकर जियोनीले चीनमा नयाँ स्मार्टफोन एस सिक्स प्रो (S6 Pro) सार्वजनिक गरेको छ । कम्पनीले गत नोभेम्बरमा जियोनी एस सिक्स (Gionee S6) स्मार्टफोन सार्वजनिक गरेको थियो भने यो त्यसैको सुधारिएको संस्करण हो ।

जियोनीले एस सिक्सको सक्सेसरको रुपमा जियोनी एस सिक्स प्रो सार्वजनिक गरेको छ । यो स्मार्टफोन मेटल बडिसहितको छ भने यसमा ५.५ इन्चको डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १०८० पिक्सेल रहेको छ । यसमा २.५ डि कब्र्ड डिस्प्ले रहेको छ । यो स्मार्टफोनको चीपसेट अपग्रेड गरिएको छ जसमा मिडिया टेकको अक्टा-कोर कोर्टेक्स ए५३ हेलियो पी १० प्रोसेसर राखिएको छ ।Gionee S6 Pro_01

यसमा ४ जीबीको र्याम छ भने ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।

जियोनी एस सिक्स प्रोमा १३ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा राखिएको छ भने ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा छ ।

एस सिक्स प्रोमा हाइब्रिड ड्यूल सिम स्लट राखिएको छ, जसले गर्दा यसमा दुईवटा सिम प्रयोग गर्न वा एउटा सिम र एउटा मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ ।Gionee S6 Pro_03

यो फोनमा पछाडिको भागमा क्यामरा मुनि फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने एलटीई, वाईफाई, ब्लूटूथ ४.१, जीपीएसलगायतका फीचर रहेको छ । यसमा ३,१३० एमएएचको ब्याट्री ब्याकअप छ भने यूएसबी टाइप सी पोर्ट (USB type C) राखिएको छ ।

एन्ड्रोयडको मार्शमाल्लो ६.० अपरेटिंग सिस्टममा आधारित अमिगो ३.२ लन्चर रहेको यो स्मार्टफोन गोल्ड, सिल्भर तथा रोज गोल्ड कलर अप्सनमा उपलब्ध रहेको छ ।

हाल चीनियाँ बजारमा मात्र सार्वजनिक भएको यो फोनको मूल्य १,९९९ यूआन अर्थात ३०० अमेरिकी डलर तोकिएको छ । यो फोन चीनमा जियोनीको शप तथा टिमलबाट बिक्री गरिनेछ ।

स्रोत माध्यम

प्रकाशित: ३२ जेष्ठ २०७३, मंगलवार

तपाइको प्रतिक्रिया