सुबिसुको क्लियर टिभी चियर अप यूरो २०१६ योजना

  • Technology Khabar | ३० जेष्ठ २०७३, आईतवार
सुबिसुको क्लियर टिभी चियर अप यूरो २०१६ योजना

काठमाडौं ।

काठमाडौं, ३० जेठ । केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी, सुबिसु केवल नेटले यूरोपियन फुटबल च्याम्पियनसिप यूईएफए यूरो कप २०१६ लाई लक्षित गरी क्लियर टिभी सेवामा आकर्षक योजना प्रस्तुत गरेको छ, जसमा ग्राहकहरुले सित्तैमा क्लियर टिभी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

क्लियर टिभी चियर अप यूरो २०१६ “Clear TV Cheer up Euro 2016” योजना अन्तर्गत ग्राहकहरुले केबल रु. २९९९ मा क्लियर टिभी, डिजीटल सेवाको प्याकेज खरिद गर्दा निशुल्क क्लियर टिभी सेट टप बक्स, दुई महिनाको क्लियर टिभी प्रिमियम प्याकेज, ३० भन्दा बढि एचडी र १०० भन्दा बढि एसडी च्यानलहरुको सदस्यता साथै सेवा सुचारु गर्दा लाग्ने जडान सुबिधा प्राप्त गर्न सक्नुहुनेछ ।

फुटबल प्रेमीहरुलाई लक्षित गरि तयार पारिएको यस योजनाले ग्राहकहरुलाई स्तरीय टिभी हेर्ने अनुभव प्रदान गरी आफ्नो मनपर्ने टिमलाई सपोर्टगरी खेलबाट भरपुर मनोरञ्जन प्राप्त गर्ने मौका प्रदान गर्ने कम्पनीको दाबी छ ।

सुबिसुको क्लियर टिभी सेवामा हाल ३० भन्दा बढि एचडी र १०० भन्दा बढि स्ट्याडर्ण्ड डेफिनिसन च्यानलहरु रहेको कम्पनीले जनाएको छ ।

यो योजना असार २७ गतेसम्मका लागि मात्र लागू गरिएको तथा योजनामा सर्तहरु लागू हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ३० जेष्ठ २०७३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ३० जेष्ठ २०७३, आईतवार