Technology Khabar २७ जेष्ठ २०७३, बिहीबार
काठमाडौं ।
काठमाण्डौं, २७ जेठ । कोका–कोला नेपालले सबैभन्दा धेरै रुचाइएको लेमनको स्वाद भएका फ्यान्टाको नयाँ अवतार फ्यान्टा लेमन अनावरण गरेको घोषणा गरेको छ । “लेमनी चट्का, फनको नयाँ फट्का” को उत्कृष्ट स्वादबाट ग्राहकहरुलाई अझ ताजापन र विकल्पहरु प्रदान गर्दै उक्त नयाँ उत्पादनले कोका–कोलाको पेय पदार्थको पोर्टफोलियोमा विस्तार गरेको छ ।
फ्यान्टा लेमन, २०१६ को शुरुवातमा आँपको स्वाद भएको माजासंगै अनावरण गरिएको जुस श्रेणी अन्तर्गत पर्ने, यस कम्पनीको सबैभन्दा नयाँ उत्पादन हो ।
कोका–कोलाका कन्ट्री डाइरेक्टर आलोक कोहलीले भने “फ्यान्टा लेमनको विशेषता यसको उत्कृष्ट ट्याङ्गि स्वादमा रहेको छ । ग्राहकको अत्यधिक मागका ध्यानमा राखेर हामीले यसलाई पुनःअनावरण गर्ने निर्णय गरेका छौं ।”
नेपालमा फ्यान्टा लेमनको अनावरणसंगै अब यो उत्पादन विश्वभरि २० भन्दा बढी देशहरुमा उपलब्ध हुनेछ । सिट्रस फ्लेभरबाट तयार पारिएको यो विशेष मिश्रण नेपाली स्वादको लागि एकदम उपयुक्त रहेको कम्पनीको भनाई छ ।
कोका–कोला बोटलर्स नेपालका डाइरेक्टर पुनित भर्सनेले भने “दक्षिण पश्चिम एशिया क्षेत्रमा यो उत्पादन नयाँ हो र यसको शुरुवात नेपालबाट गर्दैछौं ।”
५०० मि.लि. प्याक बजारमा रु. ६५ मा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । नेपालका प्रमुख २५ स्टोरसहित नेपालभरिका पसलमा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २७ जेष्ठ २०७३, बिहीबार