रोयल इन्फिल्डको शोरुम जनकपुरमा

Technology Khabar २५ जेष्ठ २०७३, मंगलवार

काठमाडौं ।

काठमाडौं, २५ जेठ । जनकपुरमा रोयल इन्फिल्ड मोटरसाइकलको शोरुम स्थापना गरिएको छ । नारायणी मोटर्सले रोयल इन्फिल्डको डिलरको रुपमा शोरुम स्थापना गरेको हो ।

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले एक समारोहका बीच नारायणी मोटर्सको उद्घाटन गरेका छन् । सोरुम उद्घाटनको अवसरमा ‘मिथिला राइड’ समेत आयोजना गरिएको थियो ।

जनकपुरको मुजेलियामा खोलिएको उक्त सोरुमबाट ग्राहकले सबै मोडलका रोयल इन्फिल्ड बाइक पाउन सक्ने कम्पनीको भनाई छ ।

नारायणी मोटर्सले ३ महिनामा ५० मोटरसाइकल बिक्री गरिसकेको र एक बर्षमा २ सय मोटरसाइकल बिक्री गर्ने लक्ष्य लिएको बताएको छ । नारायणी मोटर्सले मोटरसाइकल बिक्री–वितरण गर्नुका साथै स्पेयर पार्ट्स र मर्मत सुविधा समेत उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २५ जेष्ठ २०७३, मंगलवार

तपाइको प्रतिक्रिया