वान प्लस एक्स प्रर्बद्धन प्रतियोगितामा बिजयीलाई उपहार प्रदान

  • Technology Khabar | २० जेष्ठ २०७३, बिहीबार
वान प्लस एक्स प्रर्बद्धन प्रतियोगितामा बिजयीलाई उपहार प्रदान
अाइ हबका निर्देशक लोकेन्द्र अोली बिजयी प्रतियोगीलाई उपहार दिँदैः केमूद्धारा उपलब्ध गराईएको प्रर्बद्धनात्मक तस्विर ।

काठमाडौं ।

काठमाण्डौं, २० जेठ । वान प्लस (One Plus) तथा केमू नेपाल (Kaymu Nepal) ले आयोजना गरेको वान प्लस एक्स गिभअवे प्रतियोगिताअन्तरगत बिजेता स्नेहा सिंघललाई उपहार हस्तान्तरण गरिएको छ ।

यो प्रतियोगिता सामाजिक संजालमा गत मे १० तारिखदेखि १ साताका लागि संचालन गरिएको थियो जसमा २५४ शेयर, २९१ कमेन्ट तथा ५०४ लाइक आएको केमू नेपालले जानकारी दिएको छ ।

सहभागी प्रतियोगितीहरुमध्येबाट केमू र वान प्लसको टिमले गोलाप्रथाद्धारा विजेताको छनौट गरेको कम्पनी जनसम्पर्क व्यवस्थापकले जानकारी दिईन् ।

नेपालमा वान प्लस ब्राण्डका फोनहरु आई हब प्रालिले आयात तथा बिक्री गरिरहेको छ । केहि समय अघि मात्र नेपालमा सार्वजनिक गरिएको वान प्लस ब्राण्डअन्तरगत वान प्लस एक्स अनलाइनमा केमूमार्फत २६,९९९ रुपैंयामा बिक्री गरिरहेको छ ।

प्रकाशित: २० जेष्ठ २०७३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार