एलजी जी फाइभ स्मार्टफोन भारतमा सार्वजनिक

  • Technology Khabar | २० जेष्ठ २०७३, बिहीबार
एलजी जी फाइभ स्मार्टफोन भारतमा सार्वजनिक

काठमाडौं ।

काठमाण्डौं, २० जेठ । एलजीले आफ्नो फ्ल्यागशीप स्मार्टफोन जी ५ (G5) भारतमा सार्वजनिक गरेको छ ।

एलजीको यो स्मार्टफोन मोड्यूलर डिजाइनको फोन हो जसमा विभिन्न भागहरु प्रयोगकर्ताले आफ्नो रुचीअनुसार फेर्न सक्दछ । जसमा एलजी क्याम प्लस क्यामरा ग्रीप अथवा एलजी हाईफाई प्लस मोड्यूल बाई बि एण्ड ओ झिक्न र फेर्न सकिन्छ ।

यो स्मार्टफोनको ब्याट्रीहरु पनि आवश्यकताअनुसार फेर्न वा प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार हटाउन सक्नेछ ।

एलजी जी ५ (LG G5) स्मार्टफोनमा ५.३ इन्चको १४४० पिक्सेल सहितको डिस्प्ले राखिएको छ । यसमा स्न्यापड्रयागन ८२०, ४ जीबी र्याम ३२ जीबी इन्टरनल स्टोरेज छ जसलाई बढाउन सकिन्छ । त्यस्तै ड्यूल रियर क्यामरा फीचर रहेको यसमा १६ मेगापिक्सेलका मूख्य क्यामरा तथा ८ मेगापिक्सेलको वाईड एंगल क्यामरा राखिएको छ । यसको फ्रन्ट क्यामरा ८ मेगापिक्सेलको रहेको छ ।

मोड्यूलर फोनमा टाइप सी कनेक्टर, फिंगरप्रिन्ट सेन्सर, तथा क्वीक चार्ज ३.० प्रविधिसहितको २८०० एमएएचको ब्याट्री राखिएको छ ।

एलजीले एलजी क्याम प्लस (LG CAM Plus), एलजी ४६० क्याम (LG 460 Cam), एलजी ३६० भिआर (LG 360 VR) पनि भारतमा बिक्री गर्नेछ । तर यसको मूल्यको बारेमा कुनै जानकारी छैन् ।

एलजी जी ५ स्मार्टफोन फ्लीपकार्टमा अफलाइन तथा अनलाइनमार्फत बिक्री हुनेछ । फ्लिपकार्टले निशुल्क ब्याट्री तथा चार्जिंग क्रयाडल पनि फोनसँग दिनेछ । यो फोन खरिदमा एक्सचेन्ज अफर तथा शुन्य ब्याजदरसहितको मासिक किस्ताबन्दि अफर पनि राखेको छ ।

भारतीय बजारमा यो फोनको मूल्य भारु ५२,९९०/- अर्थात ७८५ अमेरिकी डलर तोकेको छ ।

प्रकाशित: २० जेष्ठ २०७३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार