एलजी वासिंग मेसिनद्धारा गिनिज् वर्ल्ड रेकर्ड कायम

  • Technology Khabar | २० जेष्ठ २०७३, बिहीबार
एलजी वासिंग मेसिनद्धारा गिनिज् वर्ल्ड रेकर्ड कायम

काठमाडौं ।

काठमाडौं, २० जेठ । एलजी इलेक्ट्रोनिक्स र व्यवसायिक तास स्ट्याकर ब्रायन बर्गले ३.३ मिटरको ४० तल्ले अग्लो तासको घर बनाई नयाँ गिनिज् वल्र्ड रेकर्ड बनाएका छन् ।

एलजीसँगको सहकार्यमा ब्रायनले १२ घण्टामा १,००० आरपीएमको गतिले चलिरहेको सेन्टूम सिस्टम एलजी वासिंग मेसिन माथि १०,८०० वटा तासको प्रयोग गरि ३.३ मिटरको ४० तल्ले अग्लो तासको घर बनाई नयाँ गिनिज् वल्र्ड रेकर्ड बनाएका हुन ।

यस सेन्टूम सिस्टम एलजी वासिंग मेसिनमा रहेको नयाँ प्रणालीले लुगा धुँदा हुने कम्पन र आवाज निकै कम गरेको यस परिक्षणबाट प्रमाणित भएको कम्पनीको दाबी छ । एलजीले  सेन्टूम सिस्टम एलजी वासिंग मेसिनमा २० वर्षको वारेन्टी समेत घोषित गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २० जेष्ठ २०७३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार