
काठमाडौं ।
काठमाण्डौं, २० जेठ । इन्टेलले कम्प्यूटरको प्रयोगमा उपयोग हुने नयाँ उच्च तहको सीपीयू सार्वजनिक गरेको छ । कम्पनीले ताइवानमा सार्वजनिक गरेको यो सीपीयूमा कम्प्यूटर डेस्कटपका लागि १० कोर प्रोसेसर पनि रहेको छ ।
इन्टेलले सार्वजनिक गरेको आई सेभेन प्रोसेसरको एक्स्ट्रीम एडिसनअन्तर्गत चार फरक फरक मोडल डिजाइन ल्याएको हो । यो प्रोसेसर फोर के तथा भर्च्यूअल रियालिटि गेमिंगका लागि प्रयोग गर्न सकिन्छ भने फोर के भिडियो एडिटिंग तथा ३६० डिग्री भिडियोका लागि प्रयोग गर्न सकिनेछ ।
यो प्रोसेसरको सबैभन्दा माथिल्लो लाइनको प्रोसेसरमा आई सेभेन-६९५० एक्स (i7-6950X), बोस्टिंग टेन ३ गीगाहर्ज कोर तथा २५ एमबी क्याचे रहेको छ भने त्यसभन्दा मुनिको आई सेभेन-६९०० के (i7-6900K) मा ३.२ गीगाहर्जको अक्टा कोर रहेको छ । यहि सिरिजको अन्य दुई प्रोसेसर भने सिक्स कोर ३.६ गीगाहर्ज तथा ३.४ गीगाहर्ज रहेको छ भने १५ एबी क्याचे रहेको छ ।
सबै मोडलका प्रोसेसरले डिडिआर फोर र्याम सपोर्ट गर्दछ भने इन्टेलको नयाँ टर्बो बूस्ट म्याक्स टेक्नोलोजी ३.० पनि सपोर्ट गर्दछ ।
इन्टेलको एक्स्ट्रिम एडिसन लाइनको प्रोसेसरहरु मेगा टास्किंगको लागि बनाईएको कम्पनीले बताएको छ ।
“१.३ बिलियन भन्दा धेरै प्रयोगकर्ताहरु विश्वभर बढिरहेको छ, गेमिंग भन्नाले खेल्नुमात्र नभई अन्य विषय पनि हो, गेमर्स भन्नाले लाइभ स्ट्रिमिंग, पोस्टिंग हाइलाइट्स अनलाइन, तथा फ्यानको आधार बढाउनु पर्ने हो ।,” इन्टेलका कर्पोरेट भाईस प्रेसिडेन्ट तथा महाप्रबन्धक ग्रेग्रोरी ब्रायन्टले भने ।
इन्टेको मल्टि टास्किंग प्रोसेसरको सबैभन्दा माथिल्लो तहको मोडलको मूल्य करिब १ हजार ७ सय अमेरिकी डलर तोकिएको छ भने एक्ट्रिम एडिसन यहि महिना बजारमा आउनेछ ।
प्रकाशित: २० जेष्ठ २०७३, बिहीबार